ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता


admin
२८ मंसिर २०७५, शुक्रबार   ३ : १८   बजे

एजेन्सी,२८ मङसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्युदण्डको प्रयोगका पक्षमा खुलेर मन्तव्य राखेपनि संयुक्तराज्य अमेरिकामा यसको प्रयोगमा कमी आएको पाइएको छ । अमेरिकामा पछिल्ला वर्षहरुमा ऐतिहासिक रुपमै मृत्युदण्ड र सजायका घटनामा न्यूनता आएको छ ।

अमेरिकामा यस वर्ष सन् २०१८ मा २५ जनालाई मृत्युदण्ड दिइएको छ । बिहीबार मात्र फ्लोरिडा राज्यमा एक जनालाई मृत्युदण्ड दिइएको छ । यस वर्षका लागि यो नै अन्तिम मृत्युदण्ड रहेको मृत्युदण्ड सूचना केन्द्र (डीपीआईसी) ले जनाएको छ ।

“सन् २०१८ मा नयाँ मृत्युदण्डको सजाय सुनाइएको र मृत्युदण्ड दिइएको घटना ऐतिहासिक रुपमै सबैभन्दा न्यून हो,” डीपीआईसीले भनेको छ ।

मृत्युदण्डका घटनाहरुमा कमी आउनुको अर्को कारण होः वासिङ्टन राज्यले मृत्युदण्डलाई गैरकानुनी घोषणा गरेको छ, र यस्तो गर्ने अमेरिकाको यो २० औं राज्य हो ।

बाँकी रहेका ३० वटा राज्यमध्ये पनि आठ वटा राज्यमा मात्र मृत्युदण्ड दिइएको छ । टेक्सस राज्यले सन् २०१८ मा वर्षभरि अमेरिकामा दिइएका मृत्युदण्डमध्ये आधाभन्दा बढी अर्थात् १३ जनालाई मृत्युदण्ड दिएको छ ।

अर्कोतर्फ मृत्युदण्डको सजाय सुनाइएकाहरुको संख्यामा पनि कमी आएको छ । सन् २०१८ मा ४२ जना विरुद्ध मृत्युदण्डको सजाय सुनाइएको छ । सन् १९९६ मा ३१५ जना विरुद्ध यस्तो फैसला सुनाइएको थियो ।

राष्ट्रपति ट्रम्पले पटकपटक मृत्युदण्ड दिइनुपर्ने भन्दै वकालत गरिआउनुभएको छ । “मन्दिर, चर्चमा निर्दोष नागरिकमाथि ज्यादती गर्ने जोसुकैलाई कठोर सजाय दिनै पर्दछ,” गत अक्टोबर २७ मा ट्रम्पले भन्नुभयो । अमेरिकाको पिट्सवर्गस्थित यहूदी प्रार्थना गृहमा ११ जनाको ज्यान जाने गरी भएको निर्मम आक्रमणपछि राष्ट्रपति ट्रम्पले यस्तो धारणा राख्नुभएको हो ।

राष्ट्रपति ट्रम्पले प्रहरीको हत्यामा संलग्न हुने तथा लागूऔषध नियन्त्रणमा खटिने व्यक्तिमाथि आक्रमण गर्नेहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने बताउँदै आउनुभएको छ ।

अमेरिकी सर्वोच्च अदालतले सन् १९७२ मा मृत्युदण्डको प्रावधानलाई हटाएको थियो तर सन् १९७६ मा अदालतकै आदेशमा पुनः सक्रिय बनाइयो । त्यसयता, यसको प्रयोगमा कडाई गरिएको छ । सन् २००५ मा बालबालिकालाई मृत्युदण्ड दिन नपाइने नियम बनाइयो ।

पछिल्ला १० वर्षमा मृत्युदण्डका घटनाहरुमा कमी आएको छ । खासगरी मृत्युदण्ड दिँदा घातक सुईको प्रयोग गर्ने वा नगर्ने भन्ने कानुनी लडाइँ र सार्वजनिक बहसका कारण मृत्युदण्ड रोकिएका हुन् ।

मृत्युदण्डको सजायको विपक्षमा रहेकाहरुले घातक सुईको प्रयोग र त्यसमा प्रयोग हुने औषधिका सम्बन्धमा एकपछि अर्को उजूरी गरेका थिए । ठूला औषधि उत्पादक कम्पनीहरुले यस्तो घातक औषधि उपलब्ध गराउन पनि अस्वीकार गरेका थिए ।

यही कारण, सन् २०१८ मा विद्युतीय कुर्चीको पुनः प्रयोग गर्न थालियो । सन् २०१३ पछि पहिलो पटक टेनेसी राज्यमा विद्युतीय कुर्चीमा राखेर दुई जनालाई मृत्युदण्ड दिइएको छ ।

दुबै अवस्थामा, सजाय पाउने व्यक्तिले मृत्युदण्डका लागि विद्युतीय कुर्ची रोजेका थिए । सर्वोच्च अदालतकी प्रगतिशील न्यायाधीश भनेर चिनिनुभएकी सोनिया सोतोमायोरले मृत्युदण्डको सजाय फुकुवा गर्ने अदालतको आदेशमा विमति राख्नुभएको थियो ।

गत अक्टोबरमा गरिएको ग्यालप सर्वेक्षण अनुसार ५६ प्रतिशत अमेरिकीहरुले मृत्युदण्ड दिनुपर्ने अभिमत दिएका थिए । यो सन् २०१७ को झैं अवस्था हो, तर ४५ वर्षमा यो अभिमत सबैभन्दा न्यून हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group