ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय समितिद्धारा प्रस्तावित प्रधानन्यायाधिश जबराको नाम अनुमोदन


admin
१७ पुस २०७५, मंगलबार   २ : ३३   बजे

काठमाडौं,१७ पुस । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधिश जबराको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । संसदीय विधि र प्रक्रिया पूरा गरी प्रधानन्यायाधिशमा प्रस्तावित जबराको नाम अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनु भयो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेका जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानन्यायाधिश ओमप्रकाश मिश्र आजैबाट अवकाश लिँदै हुनुहुन्छ । बैठकमा जबराले समितिका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै सेवाग्राहीको न्याय पाउने अधिकार मर्न नदिने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले न्यायालयलाई समक्ष बनाउने, गौरवशाली न्यायालयको रुपमा विकास गर्ने गरी आफूले कार्ययोजना बनाएको उल्लेख गर्दै सोही अनुसार अघि बढने योजना पनि समितिलाई जानकारी गराउनु भयो ।

प्रस्तावित प्रधानन्यायाधिश जबराले न्यायमा सबैको पहँच पु¥याउन लागि पर्ने पनि बताउनु भयो । उहाँले न्यायालयमा सबैको पहुँच पु¥याउन सरकार र संघीय संसदसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

न्यायालयको आदेशप्रति गुनासा आउने गरेको स्विकार गर्दै जबराले त्यस्ता गुनासा आगामी दिनमा आउन नदिन आफू सचेत रहेको पनि बताउनु भयो ।

जबराविरुद्ध ९ वटा उजुरी समितिमा परेको थियो । ती सबै उजुरीलाई आफूले सहर्ष स्विकार गरेको उल्लेख गर्दै जबराले आगामी दिनमा त्यस्ता उजुरी खण्डन हुने गरी कामै गरेर देखाउने दृढता पनि व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

साना हिमताल फुट्दा भोटेकोसीमा लेदोसहित पानीको बहाव बढेको सरकारको भनाइ

मधेशमा ७६ लेखा कर्मचारीको एकैपटक सरुवा, २३ अधिकृतसहित ४३ लेखापाल र १० सहलेखापाल फेरिए

सम्बन्धित

नीति आयोगमा उपाध्यक्ष र दुई सदस्य नियुक्त, बाढी प्रभावितका लागि २ करोड सहयोग

सम्पर्कविहीन १२ हजार मानिसको खोजीमा ‘सेतु’, १५ सयभन्दा बढीले भरे सहयोग फाराम

एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा १ करोड रुपैयाँको दैवी प्रकोप कोषमा सहयोग

लिपमोटर सी१० २०२६ मोडलको विशेष मूल्य ७५ लाख ९९ हजार

रसुवा बाढीले सवारी व्यवसायमा व्यापक क्षति, बीवाईडीका २०० गाडी बगे

म्याक्सस नेपालले बाढीपीडितका लागि ७० लाख सहयोग गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu