ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेबनानबाट दुई लाख सिरियाली शरणार्थी स्वदेश फिर्ता


admin
२८ बैशाख २०७६, शनिबार   ५ : ३६   बजे

एजेन्सी,२८ बैशाख । सिरियाबाट विस्थापित भई लेबनानमा बस्दै आएकामध्ये अहिलेसम्म झण्डै दुई लाख सिरियाली शरणार्थीहरू स्वदेश फर्किएका छन् । लेबनानको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय एक पत्रिकाले शनिबार लेखेको समाचार अनुसार सन् २०१७ देखि अहिले सम्म स्वदेश फर्किनेहरूको सङ्ख्या दुई लाख पुगेका हुन् । उनीहरूलाई स्वदेश फर्काउनका लागि लेबनानको सुरक्षा निकायले सिरियाली अधिकारीहरूसँग संयोजन गरेको समाचारमा जनाइएको छ ।

अधिकारीहरूका अनुसार सन् २०१८ मा सिरिया फर्किनेहरूको सङ्ख्या अत्यधिक धेरै रहेपनि अहिले भने रमजान पर्वका कारण फर्किनेहरूको सङख्या घटेको छ । सिरियाली अधिकारीहरूले उनीहरूलाई स्विकार्ने प्रतिवद्धता जनाएपछि उनीहरूलाई फर्काउने प्रक्रिया अगाडी बढाउने गरिएको लेबनानी सुरक्षा अधिकारीहरूको भनाई छ ।

अहिले रमजानका कारण स्वदेश फर्किनेको सङख्या घटेपनि रमजान र गृष्म ऋतु सकिएपछि भने फर्किनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय कार्यालयमा झण्डै दश लाख सिरियाली शरणार्थीहरूले दर्ता गराएका छन् । तर लेबनान सरकारले भने आफ्नो देशमा रहेका सिरियाली शरणार्थीहरूको सङ्ख्या १५ लाख भन्दा बढी रहेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा, बैरेनीको लेदो हटाउने काम जारी

भोटेकोशी बाढीमा २७ प्रहरी अझै बेपत्ता, एकको शव फेला

सम्बन्धित

ल्हेन्दे–भोटेकोशी विपत्तिको कारण उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किनु : चीन

नेपालले भारत र चीनसँग माग्यो ४२ वटा बेलिब्रिज

चीनले नेपालमा आपत्कालीन सहायता र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu