ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानमा मनाइँदै खल्लो इद


admin
१२ असार २०७४, सोमबार   १ : ३३   बजे

बहालपुर (पाकिस्तान), १२ असार । पाकिस्तानको पञ्जाव प्रान्तमा आइतबार भएको तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी १५३ जनाको ज्यान गएपछि पाकिस्तानमा इद पर्व खल्लो भएको समाचार छ ।

सोमबार सुरु भएको इदको पूर्व सन्ध्यामा आइतबार बिहान तेल ट्याङ्कर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १५३ पुगेको समाचार अधिकारीहरुले दिएका छन् ।

अधिकांश पाकिस्तानीहरुले सोमबार बिहान सुरु भएको यस पर्वलाई उक्त समाचारसँगै यसवर्षको यहाँको इद पर्व नै निकै खल्लो महसुश भएको बताएका छन् ।

आइबारको सो आगलागीमा परी अन्य सयौं व्यक्ति घाइते भएका छन् । प्रमुख सहरको बाहिरी इलाकामा रहेको बहालपुरमा अवस्थित एक अस्पताल परिसरमा उक्त आगलागीमा परी मृत्यु भएका आफ्ना आफन्तजनको शव बुझ्नेको भिड लागेको छ ।

पाकिस्तानबाट प्राप्त समाचारमा भनिएको छ– एकातर्फ उक्त अस्पतालमा शब बुझ्नेहरुको भिड लागेका दृश्यहरु टेलिभिजनमा देखाइएका छन् भने अर्कातर्फ इदको शुभकामन साटासाट गर्नेहरुको चहलपह पनि त्यत्तिकै छ ।

जलेर मृत्यु भएका आफन्तको शब बुझ्नेको भिडका दृश्यले सबैलाई खिन्न बनाएको छ– अधिकारीहरुले जनाएका छन् ।

लन्डनको भ्रमणमा रहनुभएका पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले आफ्नो भ्रमण छोट्याई सोमबार बिहान स्वदेश फर्किनुभएको छ । उहाँ सोमबारै बिहान घटानास्थलमा पुगेर सो घटनामा परेका आफन्तलाई समवेदना प्रकट गर्नुभएको बताइएको छ ।

बहालपुर जिल्लामा भएको घटनामा परी ज्यान गुमाउने व्यक्तिको सङ्ख्या १५३ पुगेको र घाइतेमध्ये अझै केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या केही बढ्न सक्ने अनुमान गरिएको छ ।

बहालपुर जिल्लाको अहमदपुर साकी राजमार्गमा सो दुर्घटना भएको हो । उक्त मार्गमा गुडिरहेको पेट्रोलियम पदार्थ बोकेको एक ट्याङ्कर अकस्मात सडकमा पल्टिएको थियो ।

सडकमा ट्याङ्कर पल्टिएपछि त्यसमा रहेको करिब ४० हजार लिटर तेल पोखिएको र पोखिएको सो तेल बटुल्नका लागि जम्मा भएका नागरिकलाई आगालागीका शिकार भएका थिए । रासस ÷एएफपी

पाकिस्तानमा मनाइँदै खल्लो इद

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

इरानको रोक्का सम्पती फुकुवाः तेल निर्यातमा अमेरिकाद्वारा अनुमति

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने प्रतिवद्धता

इरान र अमेरिकाबीचको प्राविधिक वार्ता जुन ३० देखि पुनः शुरु हुने

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group