ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

११ जनाको दरबन्दी, हाकिम मात्रै हाजिर


एबीसी न्यूज
३ भदौ २०७६, मंगलबार   २ : ००   बजे

पाँचथर, ३ भदौ । पाँचथर र ताप्लेजुङ कार्यक्षेत्र भएको पूर्वाधार विकास कार्यालयमा ११ जना प्राविधिक कर्मचारीको दरबन्दी छ । तर हाल कार्यालय प्रमुख इञ्जिनीयर यादव मात्रै हाजिर हुनुहुन्छ । गत आर्थिक वर्षको अन्त्यसम्म कार्यालयमा रहेका केही प्राविधिक कर्मचारीसमेत अहिले समायोजन भई सङ्घ तथा प्रदेश मातहतका अन्य कार्यालयमा गइसकेका छन् ।

प्रदेश नं १ का आठ पूर्वाधार विकास कार्यालयमध्ये गत आर्थिक वर्षको कार्यसम्पादनमा पाँथचरस्थित कार्यालय उत्कृष्ट ठहरिएको थियो । तर, कार्यालयमा प्राविधिक कर्मचारी नहुँदा योजना सम्पन्न गर्न समस्या भएको कार्यालय प्रमुख यादवको भनाइ छ ।

आर्थिक वर्ष सकिँदासमेत काम निरन्तर

सामान्यतः आर्थिक वर्ष सकिएपछि एक वर्षे विकास योजनाको निर्माणकार्य रोकिन्छ । तर, प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचथरमा सञ्चालित शिक्षा, स्वास्थ्य र खेलकूदसँग सम्बन्धित पूर्वाधारका योजना भने नयाँ आर्थिक वर्ष शुरु हुँदासमेत निर्माणकार्य जारी छ । गत आर्थिक वर्षमै सामग्री खरीद गरी नयाँ आर्थिक वर्षमा जनश्रमदानमार्फत भवन निर्माणका योजनालाई निरन्तरता दिइएको हो । पाँचथरमा स्वास्थ्य कार्यालयमार्फत यी योजना अघि बढाइएका थिए ।

कार्यालयका प्रमुख तेजबहादुर तुम्बापोका अनुसार गत वर्ष शिक्षा, स्वास्थ्य र खेलकूदका २३ योजना सञ्चालित थिए । यी सबै योजना उपभोक्ता समितिबाट निर्माण गरिएका थिए । वैशाखमा योजना सञ्चालनका लागि अख्तियारी प्राप्त भएकाले हतारमा योजना सम्पन्न गर्नुपरेको तुम्बापोको भनाइ छ । यीमध्ये केही योजना आर्थिक वर्ष समाप्त भइसक्दा समेत निर्माणकार्य जारी राखेर पूरा गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने

मन्त्रालय हेरफेरप्रति मन्त्री पराजुली असन्तुष्ट, स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न आनाकानी

कोसीमा एमाले–नेकपा सत्ता साझेदारीः एमालेले पाँच, नेकपाले चार मन्त्रालय पाउने

ओली हटाउने अभियानलाई शेरधन राईको चुनौती : ‘यस्ता पात्र र प्रवृत्तिलाई दुत्कार्नुपर्छ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu