काठमाडौं, २० भदौ । स्वास्थ्य उपचारका लागि ५ भदौमा सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्किनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको उहां निजी चिकित्सकले बताएनु भयो । निजी चिकित्सक डा दिव्या सिंह शाहले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको एन्टीबडीलाई वैज्ञानिक प्रविधिबाट हटाउने उपचार प्रक्रिया सिंगापुरको नेशनल युनिभर्सिटी अस्पताल एनयूएच मा पूरा भएको बताएउनु भएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘हाल उहाँको स्वास्थ्य अवस्था सामान्य छ र आफ्नो नियमित कामलाई निरन्तरता दिन सक्नुहुन्छ ।’प्रधानमन्त्री ओली १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर जानुभएको थियो । २७ साउनमा फर्किएनु भएको उनले ट्वीट गर्दै आफू ठीक भएको बतानु भए पनि निजी चिकित्सक वा सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेको थिएन ।
प्रतिक्रिया दिनुहोस्