काठमाडौं, २२ भदौ । यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।
पञ्चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइत अनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो। विजयादशमी असोज २१ गते मंगलबार परेको छ।
घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्