ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै पनि खालको निरंकुशता हामीलाई स्विकार्य हुने छैन– अध्यक्ष प्रचण्ड


एबीसी न्यूज
२३ भदौ २०७६, सोमबार   १ : ३१   बजे

काठमाडौं, २३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारलाई नै बलियो बनाएर जनताको सेवा गर्नुको विकल्प नरहेको बताउनु भएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष दाहालले हिजोका निरंकुशतावादीहरु र कुनै पनि नामका प्रतिक्रियावादीहरु आएर नेपाललाई फेरी एकचोटी निरंकुशताको जाँतोमा पिस्ने दिने काम स्विकार्य नहुने चेतावनी पनि दिनु भयो । सोमबार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित सुरेश वाग्ले र भिमसेन पोखरेल स्मृति सभामा बोल्दै उहाँले हाम्रा आफ्नै केही कमीकमजोरी भए त्यसलाई सच्याउँदै अघि बढने पनि स्पष्ट पार्नु भयो । ‘कुनै पनि खालको निरंकुशता हामीलाई स्विकार्य छैन, नेपाली जनतालाई पनि त्यस खालको निरंकुशता स्विकार्य हुनेछैन, अध्यक्ष दाहालको भनाई थियो, ‘इतिहासको चक्कालाई पछाडि धकेल्ने र हजारौं जनयुद्ध र जनआन्दोलनका सहीदहरु र लाखौं जनताको त्यागबाट प्राप्त गणतन्त्र र संघीय लोकतन्त्रलाई उल्याउटे कुुरा कुनै पनि हालत दिन सकिने छैन ।’

अध्यक्ष दाहालले युगान्तकारी परिवर्तनको आधारशिला तयार पार्ने तथा क्रान्तिकारी विद्रोहका नेताहरुलाई बदनाम गर्ने गतिविधिमा प्रतिक्रान्तिको गन्ध आएको, चिहानमा पुगिसकेका हिजोका निरंकुशतावादीहरुले फेरी जीवित मान्छेलाई दुःख दिने प्र्रयास गरेको उल्लेख गर्दै त्यसबाट सचेत भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नु भयो । उहाँले कहिलेकाँही सिंहको अगाडि स्याल आएर हल्ला गरेकै भरमा स्याललाई सिंहसँग तुलना गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष दाहालले पार्टी र सरकारका काममा केही कमजोर भएको हुन सक्ने उल्लेख गर्दै सच्याउँदै अघि बढने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाललाई आवश्यक पर्ने जस्तोसुकै सहयोग गर्न अमेरिका तयार छ : ट्रम्प

बाढीपहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्ग र सडकखण्ड अवरुद्ध

सम्बन्धित

भोटेकोशी बाढीका ६३ घाइतेको काठमाडौंका ९ अस्पतालमा उपचार हुँदै

लाङटाङ लिरुङ क्षेत्रबाट फेरि बाढी आउन सक्ने जोखिम, नेपाल–चीन दुवै सतर्क हुनुपर्ने

भोटेकोशी बाढीको कहर : ३८९ जनाको शव फेला, ९७७ जना अझै सम्पर्कविहीन (अपडेट)

अमेरिकी डलरदेखि कुवेती दिनारसम्म महँगियो, युरो र पाउन्डको मूल्य घट्यो

रसुवागढी र तातोपानी बन्द, नेपाल–चीन व्यापारको एकमात्र विकल्प बन्यो कोरला

नेपालका सयभन्दा बढी हिमताल जोखिममा, बढ्दो तापक्रमसँगै नयाँ संकटको चेतावनी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu