काठमाडौं, १७ असोज । नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्नुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान संचारकर्मीहरुसंग संक्षिप्त कुराकानी गर्दै उपसभापति गच्छदारले सरकारको हरेक गतिविधि र निर्णयहरु राष्ट्र र जनताका हितमा हुनुपर्ने बताउनुभएको हो ।
गच्छदारले सरकारले प्राप्त गरेको ऐतिहासिक अवसरलाई गुम्न नदिन साझेदारी मनस्थितिबाट सरकार सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले जनताले संविधानबाट पाएको अधिकार उपयोग गर्न सरकार बाधक बन्न नहुने धारणा राख्दै सरकारले जनतासँग गरेको वाचालाई पूरा गर्न ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो । उहांले प्रेस लोकतन्त्रको गहना भएकाले यसलाई सङ्कुचन गर्न नहुने पनि धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्