काठमाडौं, २४ असोज । चीनका राष्ट्रपति सी चिनफिङ भारत भ्रमणका सन्दर्भमा शुक्रबार अपराह्न चेन्नाई पुग्नुभएको छ । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दोस्रो अनौपचारिक शिखर बैठकका लागि चेन्नाई जानुभएको हो ।
बैठकका क्रममा दुबै नेताबीच दिर्घकालीन र रणनीतिक महत्व राख्ने द्विपक्षीय सम्बन्धका सबै विषयमा गम्भीर विचारविमर्श हुनेछ ।
चेन्नाई भारतीय राज्य तमिलनाडुको प्रान्तीय राजधानी हो । तमिलनाडु दक्षिण भारतकै प्रमुख सांस्कृतिक, आर्थिक तथा शैक्षिक केन्द्र पनि हो । राष्ट्रपति सीको चेन्नाईमा भव्य स्वागत गरिएको थियो ।भारत भ्रमणपछि चिनियाँ राष्ट्रपति सी चिनफिङले शनिबारदेखि दुई दिने नेपाल भ्रमण गर्नुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्