काठमाडौं, २९ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल, चीन र भारतको त्रिदेशीय साझेदारीको आधार बन्दै गएको बताउनुभयो । दशैं, तिहार र छठ पर्वको अवसरमा नेकपाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा प्रचण्डले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण सफल र ऐतिहासिक भएको बताउनुभएको हो ।
भ्रमणका धेरै आयात छन्, त्यसको एउटा महत्वपूर्ण पक्ष त्रिदेशीय साझेदारीको आधार बनाउनु समेत भएको उहाँले बताउनुभयो ।
आफूले विगतमा त्रिदेशीय साझेदारीको वकालत गर्दै आएको स्मरण गर्दै उहाँले भन्नुभयो , अहिले त्रिदेशीय साझेदारीको आर्थिक रणनीतितिर जाने आधारहरु तयार हुँदै गरेको, राजनीतिक रुपले समझदारी बन्दै गरेको छ ।’ टु प्लेस वान भनेर राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच छलफल हुन थालेको उहाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्