काठमाडौ, २९ असोज । सरकारको बचाउ गर्दै केही पनि भएन भन्नेहरुलाई आँखा खोलेर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ । राजधानीमा आयोजित दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले हल्लाको पछाडि नलाग्न आग्रह गर्नुभयो ।
आँखा बन्द गरेर केही भएन भनिएको भन्दै उहाँले के भिन्नता छ भनेर थाहा पाउन आँखा खोलेर हेर्न आग्रह गर्नुभयो । निश्चित उद्देश्य बोकेको मानिसहरुले मात्र केही भएको छैन भनेर भ्रम फैलाएको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ठूलो जहाज बस्दैनथ्यो, अहिले बस्छ ।’हालै मात्र चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा रातारात काम गरेर जस्तो जहाज पनि बस्नसक्ने एयरपोर्ट बनाएको उहाँले बताउनु भयो ।
उहाँले भ्रष्टाचारमुक्त, सुशासनयुक्त देश बनाएर तिव्र विकासको बाटोमा लैजाने समेत बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्