चितवन,३० असोज । चितवनलाई अराजकताको केन्द्र बनाउन खोजेको भन्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्रोश व्यक्त गर्नुभयो ।
नेकपाको चितवन जिल्ला समितिले चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गर्नुभयो ।अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्’ ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।यस्ता प्रतिगामीहरुलाई पार्टीभित्रकै केही तत्वहरुले जान अञ्जानमा साथ दिएको पनि उहाँले टिप्पाणी गर्नभयो ।
अध्यक्ष प्रचण्डले रवि लामिछाने समर्थकको आन्दोलन, ज्ञानेन्द्र शाहीको अभियान र कुटपिट तथा निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा नेकपा समर्थक उम्मेदवार पराजयसँगतर्फ संकेत गर्दै यसो भन्नुभएको हो ।
रुसी कम्युनिष्ट पार्टीको पतनको सन्र्दभ निकाल्दै अध्यक्ष प्रचण्डले अगाडि भन्नुभयो, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफै भित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनुहुँदैन ।’ उहाँले नेकपा बिग्रिहाल्यो भनेर आत्तिहाल्नुपर्ने अवस्था नभएको बताउनुभयो । पछिल्लो समयमा कम्युनिष्ट आर्दश स्खलित बन्दै गएको समेत टिप्पणी गनुभयो ।
प्रतिक्रिया दिनुहोस्