काठमाडौं, १ कात्तिक । सत्तामा गएपछि फेरिने कम्युनिस्ट पार्टीहरु पुरानै रोग भएकोसत्तारुढ नेकपा कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ धनगढीमा आयोजित कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्टहरु सत्तामा गएको ५\७ वर्षमा कर्मचारी जस्तो हुने गरेको टिप्पणी गर्नुभएको हो ।सत्तामा नजाँदासम्म कम्म्युनिस्ट पार्टीका नेता असाध्यै राम्रा, जति दुःख पाएपनि भूमिगत बस्ने, जनताको घरमा जाने, जनता जस्तै हुन्छन्’, उहाँले हाँस्दै भन्नुभयो, ‘कम्युनिस्टहरु सत्तामा गएपछि सुटेडबुटेड, चिल्ला गाडी ‘। चढ्न पनि पर्यो फेरि । ’
कर्मचारी जस्ता नेता भएपछि परिर्वतन खतरामा पर्ने र जनता निराश हुने खतरा हुन्छ’ राजा फालेपनि कर्मचारीतन्त्र पुरानै भएको र उनीहरुसँग संगत गर्दागर्दै कम्युनिस्ट नेताहरु पनि कर्मचारी जस्तै हुने उहाँले सुनाउनुभयो ।
नेकपा अध्यक्ष प्रचण्डले भन्नुभयो सत्तामा पुगेपछि कम्युनिस्टहरुले पनि अब हाम्रो पालो भनेर पद, प्रतिष्ठा पैसा खोज्नतिर लाग्ने र आफैं पतन भएर जाने गरेको इतिहास रहेको समेत स्मरण गराउनुभयो
प्रतिक्रिया दिनुहोस्