ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकार डुम्रे ज्ञवालीको शिरमा ‘नृत्याङ्गना मम्मी’ को ताज


sharan sharan
२७ पुस २०७६, आइतबार   ८ : ४८   बजे

बुटवल । बुटवलमा सम्पन्न औद्योगिक ब्यापार मेलामा द्धितीय मम्मी डान्सर बनेकी पत्रकार कल्पना डुम्रे ज्ञवाली सैनामैना पुगेर प्रथम मम्मी डान्सर बन्न सफल भएकी छिन् । रुपन्देहीको सैनामैनामा आयोजित मम्मी डान्स प्रतियोगितामा प्रथम भएर डुम्रे ज्ञवालीले प्रथम मम्मी डान्सरको ताज पहिरिएकी हुन् ।
चौंथो राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औंद्योगिक ब्यापार महोत्सवमा भएको मम्मी डान्स प्रतियोगितामा १७ जना प्रतिस्पर्धीलाइ पछि पार्दै बुटवलकी टेलिभिजन पत्रकार कल्पना प्रथम भएकी हुन् । उनलाइ ताज,नगद २० हजार रुपै‌ंया, प्रमाणपत्र सहित सम्मानपत्र प्रदान गरिएको छ ।
सैनामैना उद्योग बाणिज्य संघका अध्यक्ष राज बहादुर क्षेत्री,नेपाली कंँग्रेस सैनामैना नगर सभापति रामप्रसाद अधिकारी, संघका महासचिब दिपक अधिकारी लगायतले उनलाई बिजयीताको ताज सहित पुरस्कृत गरेका थिए । प्रतियोगितामा रुद्रपुरकी अस्मिता थापा द्वितीय र बुटवलकी सोनी सेन्जाली तृतिय भएका थिए ।
उनीहरुले क्रमश नगद १५ हजार र १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा १७ सहभागि मध्येबाट पहिलो दिनको नाचबाट १० जना दोश्रो चरणका लागि छनौट भएका थिए ।
डुम्रे यसअघि बुटवल उद्योग बाणिज्य संघको आयोजनामा बुटवल देवीनगरमा भएको २० औं संस्करणको औद्योगिक व्यापार मेलाको आमा नृत्य प्रतियोगितामा द्वितीय भएकी थिइन् ।
मम्मी नृत्याङ्ना डुम्रे ज्ञवाली स्थानीय टेलिभिजन बुद्ध टेलिभिजनकी समाचार बाचिका तथा रेडीयो जागरणमा कार्यक्रम संचालिकाकारुपमा कार्यरत छिन् ।
बुटवल र यस आसपासमा आयोजना गरिने मेला महोत्सवहरुमा दर्शकलाई आकर्षण प्रदान गर्न बिबिध प्रकारका सांगितीक कार्यक्रम समावेश गर्ने गरिएको छ । अघिल्लो वर्ष देखि सुरु भएको मम्मी डान्स प्रतियोगिताको सृङ्खला यस वर्ष रत्यौली प्रतियोगिता थप गरिएको थियो ।
सैनामैनामा जारी मेलामा २ सय २० स्टल रहेको र करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने तथा ५ करोड बराबरको करोबार गर्ने लक्ष्य रहेको सैनामैना उद्योग बाणिज्य संघका महासचिब दिपक अधिकारीले जानकारी दिएका छन् ।
आयोजकका अनुसार ‘राष्ट्रिय आर्थिक विकासका राष्ट्रिय आधार, कृषि पर्यटन उद्योग र व्यापार भन्ने’ भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव माघ ६ गते सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu