कञ्चनपुर, २१ असार । तत्कालीन विद्रोही माओवादी सेनाका प्लाटुन कमान्डर रहनुभएका बहादुर महरालाई बुलेटको भन्दा ब्यालेटको लडाइँ पेचिलो भएको अनुभव छ ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का महराले माओवादी सेनाका प्लाटुन कमान्डर भई आठ वर्ष सङ्घर्षमय जीवन बिताउनु भएको थियो ।
समाज परिवर्तनका लागि बहिर्गमनमा परेका महराले स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट शुक्लाफाँटा नगरपालिका–८ को वडाध्यक्ष पदमा उम्मेदवारी दिनुभयो र विजयी पनि हुनुभयो ।
“बुलेटको लडाइँ लड्दा हतियार र विचार एकैसाथ हुँदा विजय पाउन त्यती कठिन थिएन,” उहाँले भन्नुभयो, “ब्यालेटको लडाइँमा बनाएको सङ्गठन छिन छिनमै प्रतिद्वन्द्वीले भत्काउँदा अधिक सङ्घर्ष गर्नु प¥यो ।”
बुलेटको लडाइँमा विरोधीको आमने सामने भएर लडाइँ लडिने गरिएको थियो उहाँले विगतको अनुभव सुनाउँदै भन्नुभयो, “ब्यालेटको लडाइँमा छद्म भेषमा विरोधीले आक्रमण गर्दा अप्ठेरो प¥यो ।”
राजनीतिमा जति षडयन्त्र गरेर चुनाव जित्ने प्रयत्न गरिए पनि सटिक योजना, विचार र जनपक्षीय निर्णय गरेर जाँदा जनताले पत्याउने गरेको उहाँको अनुभव छ । “चुनाव जित्नुअघि जनतासँग गरेका वाचा पूरा गर्न कटिबद्ध भएर लाग्नका लागि योजना बनाउनमा जुटेका छौँ”, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्