ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आइसिसी महिला विश्वकपमा नेपाल युएईसँग पाँच रनले पराजित


admin
७ मंसिर २०७४, बिहिबार   ४ : ११   बजे

काठमाडौँ, ७ मंसिर । थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको खेलमा नेपाल युएईसँग ५ रनले पराजित भएको हो ।

टस जितेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७९ रन बनायो । असी रनको लक्ष्य पाएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ७४ रनमा समेटियो । युएईको जितमा नतासा चरियथले २३, इशा रोहितले २२ र निशा अलिले १७ रन जोडे । बलिङतर्फ नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन, रितु कनौजियाले दुई तथा नेरी थापाले एक विकेट हात पारे ।

ब्याटिङ गर्ने क्रममा नेपालका लागि रितु कनौजियाले सर्वाधिक २२ रनको योगदान दिइन् । तेइस बल खेलेकी कनौजियाले दुई चौका प्रहार गरिन । ज्योति पाण्डेले १२, काजोल श्रेष्ठले ८, सीता रानामगरले ७, करुणा भण्डारीले ६ तथा सरिता मगरले ५ रन जोडे ।

नेपालले आफ्नो चौथो खेल शुक्रबार मलेसियासँग खेल्नेछ । राउण्ड रोविनको आधारमा भइरहेको उक्त खेलमा लिगको शीर्ष दुई टोली आगामी जुनमा नेदरल्याण्डमा हुने ग्लोबल क्वालिफायर्समा छनोट हुनेछ । ग्लोबल क्वालिफायर्सको शीर्ष दुई टोलीले आगामी वर्ष वेष्ट इन्डिजमा आयोजना हुने महिला टि–ट्वान्टी विश्वकपमा स्थान बनाउने छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

फ्रान्सको सहज जित, एमबाप्पे र डेम्बेलेको गोलमा मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा प्रवेश

विश्वकप क्वार्टरफाइनल : मोरक्कोको रक्षात्मक खेलले फ्रान्स रोक्यो, एमबाप्पेको पेनाल्टी बचाउँदै बोनो बने पहिलो हाफका नायक

विश्वकपमा फेरि आमनेसामने फ्रान्स र मोरक्को : इतिहास के भन्छ ?

फ्रान्ससँग बदला लिने दाउमा मोरक्को

विश्वकप क्वार्टरफाइनलको रोमाञ्चक मोड: को पुग्ला सेमिफाइनलमा?

विश्वकप २०२६ : क्वाटरफाइनल समिकरण पूरा, उपाधि दौडमा बाँकी रहे ८ टोली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu