ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालगन्ज पुगेन सरकारी निर्णय [फोटो सहित]


sharan sharan
२७ फाल्गुन २०७६, मंगलबार   १० : ३६   बजे

बुटवल, २७ फागुन ।
सरकारले कोरोना भाइरसको प्रकोपबाट सावधानी अपनाउन ठूलो संख्यामा भेला भएर होली नखेल्न आह्वान गरेपनि नेपालगन्जमा भने सरकारको घोषणा खोक्रो साबित भएको छ । तराई होलीको अवसर पारेर नेपालगन्जका बिभिन्न चौकहरु बिहानै देखि होली मय बनेका थिए । ठूलो संख्यामा भेला भएका स्थानीयबासीहरु रङ्गमात्र खेलेनन् नजिकको नालीको हिलो, कुहिएको अण्डा तथा बिबिध प्रकारका रङ्ग प्रयोग गर्दै नेपालगन्ज दिनभरि रङ्गीन बन्यो ।
सरकारले ठूलो संख्यामा भेला नहुन भन्दै होली समेत परिवारका बिच मात्र मनाउन भनेपनि सरकारी निर्णय कार्यान्वयन गराउन बांके प्रशासन उदाशीन देखियो । दिनभरी जसो छाडा छोडीएका होलीमा सहभागिहरुले जव सांझ पख मदिरा मस्त हुंदै आपसमा झगडा गर्न थाले तव मात्र प्रहरीले सक्रियता देखाएको थियो । होली खेलिरहेका भिडबाट २ जना प्रहरी अधिकारीहरुमाथि नै हातपात गर्न थालेपनि बांके प्रहरीले सांझ सम्ममा ५८ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरी कारवाहिमा मंगलबारमात्र १ सय ५१ मोटरसाईकल चालकबाट ८३ हजार जरिवाना असुल गरेको जिल्ला प्रहरी कार्यालय बांकेले जनाएको छ । मोटरसाईकलमा ३ जना सवार हुने, मदिरा सेवन गरि अभद्र ब्यवहार गर्ने, महिलाहरुमाथि जबर्जस्ती रङ्ग लगाउने जस्ता कार्यहरु भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको बांकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिरबहादुर वलीले जानकारी दिनुभयो ।
ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरिक्षक र वडा प्रहरी कार्यालय नेपालगंजका नायव प्रहरी निरिक्षक माथि हातपात गर्ने २ जनालाई मुद्दा चलाईने र अन्यलाई चेतावनी दिएर अभिभावकलाई बुझाईने प्रहरी उपरिक्षक वलीले बताउनु भयो । प्रहरीमाथि हातपात गर्ने २ जनाको नाम भने प्रहरीले सार्वजानीक गरेको छैन ।
प्रदेश सरकारले मेला महोत्सव गर्न प्रतिबन्ध लगाएपनि नेपालगन्जमा निर्वाद महोत्सव समेत संचालन भएको थियो ।

तस्बिर : बिभिन्न सामाजिक सञ्जालबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group