ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको चिठ्ठी : म यहाँ तिमीलाई सजाय दिन होइन, तिमीलाई जगाउन आएको हुँ


एबीसी न्यूज
३ बैशाख २०७७, बुधबार   ११ : ४६   बजे

धर्तीले बारम्बार तिम्रो कानमा फुसफुसाइ रहिन् तर तिमीले सुनेनौं। फेरी धर्तीले आवाज दिइन् तर तिमीले ध्यान दिएनौं। धर्ती फेरी जोडले चिच्याइन् तर पनि तिमीले यसलाई नसुने झैं गर्‍यौं। त्यसपछि म पैदा भए। म तिमीलाई सजाय दिनको लागि पैदा भएको होइन। केवल तिमीलाई जगाउनको लागि आएको हुँ।

धर्तीले बारम्बार मद्दतको लागि गुहार लगाई रहीन्। विनाशकारी बाढी आयो तर तिमी अनजान बनी रह्यौं। जंगल जलिरह्यो तर तिमीले त्यसतर्फ आँखा बन्द गर्‍यौं। आँधी तुफान आयो तर तिमीले फेरी पनि सुनेनौं। तिमी यी समयहरूमा पनि जानीजानी अनजान बनी रह्यौं।

तिमीबाट दूषित पारिएको पानीले समुद्री जीवहरूले ज्यान गुमाइरहे र हिमनदी अप्रत्यासित र खतरनाक रफ्तारमा पग्ली रहे, तिमीले दर्दनाक सुख्खाको मार झेल्यौं तर यी सबका बाबजुद पनि तिमीले बुझेनौ कि धर्तीले कति नकारात्मक प्रहार सहीरहेकी छिन् भनेर। तिमी अन्त्यहीन युद्ध लडिरह्यौं। तिमीले अन्त्यहीन लालच देखाई रह्यौं।

तिमी केवल आफ्नो जिन्दगी जिइरह्यौं। बिना कुनै पर्वाह तिमीले आफ्नो वरीपरी घृणा पैदा गरि रह्यौं। तिम्रो कारण कति रगत दिनहुँ बगिरह्यो तिमीले कुनै पर्वाह गरेनौं। तिम्रो लागि धर्तीको पुकार सुन्नु र जान्नु भन्दा नयाँ आईफोन कहिले आइराखेको छ भनेर जान्नु धेरै महत्वपूर्ण भयो।

अब म आइसकेको छु। मैले दुनियाँलाई जहाँ थियो त्यही रोकी दिएको छु। अन्ततः मैले तिमीलाई धर्तीलाई सुन्नको लागि बाध्य गरिदिएको छु। मैले तिमीलाई धर्तीको शरण पर्न बाध्य गरिदिएको छु। मैले तिम्रो उपभोक्तावाद माथि अंकुश लगाई दिएको छु। अब त तिमी पनि धर्ती जस्तै भयौं। केवल आफ्नो मात्र अस्तित्वको चिन्ता गर्दा तिमीलाई कस्तो महसुस भइरहेको छरु

मैले तिम्रो शरीरलाई तताए ठीक त्यसै गरि जसरी तिमीले जंगल जलाएर धर्तीलाई ततायौं। मैले तिम्रो फोक्सोलाई कमजोर बनाइदिए ठीक त्यसै गरी जसरी तिमीले प्रदूषण फैलाएर धर्तीलाई कमजोर बनायौं। मैले तिम्रो घाँटी अठ्याए ठीक त्यसैगरी जसरी प्रदूषण फैलाएर तिमीले धर्तीको घाँटी अठ्यायौं। मैले तिमीलाई कमजोर बनाए ठीक यसै गरी जसरी तिमीले दिन दिनै धर्तीलाई कमजोर बनायौं।

मैले तिम्रो चैन छिने। मैले तिम्रो बिना मतलब बाहिर घुम्ने, यस धर्ती र यसको दुःखको चिन्ता नलिइकन तमाम बस्तुहरूको उपभोग गर्ने व्यवहारलाई बन्द गरिदिएर दुनियाँलाई जहाँ थियो त्यही खडा गरिदिए।

अब, चीनमा हावा अधिक सफा भएको छ। आकाश नीलो देखिएको छ किनकी कारखानाहरूले तिनीहरूमा कालो पोतिरहेका छैनन्। भेनिसमा पानी सफा र स्वच्छ भएको छ। त्यसमा डल्फिनहरू तैरीरहेका पनि देखिन थालको छन् किनकी त्यहाँ पानीलाई फोहर गर्ने र डल्फिनको घाँटी अठ्याउने डुङ्गाहरू चल्न बन्द भएको छ।

तिम्रो जिन्दगीको लागि के सबैभन्दा धेरै महत्वपूर्ण छ यो सोच्नको लागि तिमीसंग अझै समय छ। एक पटक फेरी भन्छु, म यहाँ तिमीलाई सजाय दिन होइन, तिमीलाई जगाउन आएको हुँ।

जब यो समय कटेर जानेछ र म पनि तिमीहरूबाट टाढा जानेछु, तिमीले हमेसा यी दिनहरूको याद राख्नु। धर्तीलाई सुन्नु। आफ्नो अन्तरआत्मालाई पनि सुन्नु। धर्तीलाई प्रदूषित नगर्नु। जाति, धर्म, रंग र भाषाको नाममा एक अर्कासंग नलड्नु। याद राख्नु मैले कसैलाई भेदभाव गरेको छैन र धर्तीले पनि कसैलाई भेदभाव गर्दिनन्।

अब भोगवादी तरिकाले जिउन बन्द गर्नु। आफ्नो छिमेकीहरूलाई माया गर्न सुरु गर्नु। धर्तीका जीवहरूको चिन्ता गर्नु। उनीहरूको देखभाल र रक्षा गर्न सुरु गर्नु। यो प्रकृतिमाथि विश्वास गर्न सुरु गर्नु किनकी सायद हुन सक्छ अर्को पल्ट जब म फर्केर आउने छु अझै बढी ताकतका साथ आउने छुँ।

सागरराजको फेसवुक वालबाट

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सर्वोच्चको ऐतिहासिक फैसला: निजी मिडियालाई सरकारी विज्ञापन रोक्ने सरकारको परिपत्र खारेज

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu