ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलपत्र नेपालीलाई लिन सिमाना पुगे रुपन्देहीका २ नगरप्रमुख


sharan sharan
३१ बैशाख २०७७, बुधबार   ७ : ४९   बजे

बुटवल । लकडाउनका कारण नेपाल भारत सिमाक्षेत्र सुनौलीमा अलपत्र परेका नेपालीहरुलाई लिन तिलोत्तमा नगरपालिकाका र सिद्धार्थ नगरनगरपालिकाका नगरप्रमुख तथा उप प्रमुखको टोली बेलहिया पुगेकाछन् । भारतीय क्वारेन्टाईनमा २१ दिन बिताएर नेपाल पठाईएका नेपालीहरुलाई लिन रुपन्देहीका २ जना नगर प्रमुख सिमा नाकाको बलहिया नै पुगेका थिए ।

उनीहरुलाई उद्धारगरी सिद्धार्थनगर नगरपालिका र तिलोत्तमा नगरपालिकाका बिभिन्न क्वारेन्टाईनमा राखिने ती नगरपालिकाले जानकारी दिएको छ ।

आज ५ सय १० जना नेपालीहरुलाई नेपाल ल्याईएको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमीरेले बताउनु भयो ।

नेपाल ल्याईएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ भने बांकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ ।

भारतका बिभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सिमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहेपनि क्वारेन्टाईनको ब्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याउन घिमीरेले बताउनु भयो।
तिलोत्तमा नगरपालिकामा ल्याईएका २ सय ३३ जना मध्ये शंकरनगर सारदा उच्च माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा ३३ जना र मधवलिया स्थीत मधवलिया माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा र २ सय जना राखिने नगरप्रमुख घिमिरेले बताउनु भयो ।

अन्य २ सय ७७ जनालाई सिद्धार्थनगर नगरपालिका वडा नं ८ मा रहेको रुपन्देही लिलाराम माध्यमिक बिद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक बिद्यालयको क्वारेन्टाईनमा राखिने सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमादेवी काफ्लेले जानकारी दिनुभयो ।

नेपाल ल्याईएका सबैको बुधवार बिहानबाट स्वाव संकलन गरिने बताईएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अनुसार उद्धार गरेर नेपाल ल्याईएका ५ सय १० जना कति अवधी क्वारेन्टाईनमा बस्ने भने उनीहरुको पिसिआर रिर्पोटका आधारमा निर्धारण हुने छ ।

मुम्बईबाट आई नौतनहवा स्थीत मोर्डन एकेडेमी स्कुलको क्वारेन्टाईनमा रहेका ८२ जनामध्ये एकजना २५ वर्षिय युवामा कोरोना पोजेटिभ देखिएको महाराजगंज जिल्लाका चिकित्सक उज्जवल कुमारले बताउनुभएको छ ।

त्यहां रहेका अधिकांश व्यक्तिहरु गुल्मी, पाल्पा अर्घाखाँची, स्याङजा, रुपन्देही लगायत जिल्लाका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नक्कली शरणार्थी प्रकरणमा १६ जना दोषीलाई सजाय, रायमाझीलाई ४ वर्ष कैद, खाँणलाई २ वर्ष

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

सम्बन्धित

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारका क्रममा मृत्यु

गेट छेकेर पार्किङ गर्नेहरूलाई ट्राफिकको जरिवाना, घटनामाथि प्रश्न यथावत्

सुनसरीमा विद्युत कार्यालय धरानको गाडी दुर्घटना, २ जनाको मृत्यु

देशभर अधिकांश स्थानमा मध्यमसम्मको वर्षा, सावधानी अपनाउन आग्रह

काठमाडौँका नदीमा बाढीको जोखिम, भोलि बिहानसम्म सतर्क रहन आग्रह

लेदो झर्दा मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu