ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको त्रासमा नबस्न नेपाली चिकित्सकको सुझाब


एबीसी न्यूज
१ जेष्ठ २०७७, बिहिबार   ११ : ५१   बजे

टोकियो, १ जेठ । जापानमा कार्यरत नेपाली चिकित्सकहरुले कोभिड–१९ का कारण त्रासमा नबस्न नेपाली समुदायलाई आग्रह गरेका छन् । बुधबार राजदुताबास टोकियोको आयोजना र एनआरएनए जापानको संयोजनमा भएको अनलाईन पत्रकार सम्मेलनमा बोल्दै नेपाली चिकित्सकहरुले त्रासमा नबसी सतर्कता अपनाउन सुझाब दिएका हुन ।

उनीहरुले जापानमा कोरोना संक्रमितको संङख्या बढेपनि मृत्युको संङख्या कम रहेकोले सुरक्षित रहन आग्रह गरे । कोभिड–१९ का कारण जापानमा अहिले सम्म १६ हजार बढी संक्रमीत भएका छन भने ६ सय ५७ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये अधिकांश ५० वर्ष माथीका रहेकोले नेपाली समुदाय आत्तिहाल्ने अवस्था नरहेको नागोया सेन्ट्रल हस्पिटलमा कार्यरत न्युरो सर्जन डा। लुसुन चालिसेले बताउनुभयो । उहाँले जापानमा रहेका नेपालीहरु युवा भएकोले संक्रमित भईहाले पनि छिटै निको हुने विश्वास व्यक्त गर्नुभयो । जापानमा अहिलेसम्म ७ जना नेपालीमा कोरोना संकंमित पुष्टी भएको छ । जसमा ३ जना निको भई घर फर्किसकेका छन् ।

त्यस्तै अर्का डा. सन्दिप शाक्य र ससीम पौडेलले सामाजिक दुरी कायम गर्न सके कोरोनाको संक्रमणबाट बच्न सकिने बताउनुभयो । उहाँहरुले ३ वटा ब लाई पालना गर्न पनि आग्रह गर्नुभयो । ३ वटा ब जस्तै बन्द कोठामा नबस्ने, बढी भिडभाडमा नजाने र बढी नजिकको सम्बन्ध नराख्ने गर्दा पनि कोरोनाको संक्रमण नहुने प्रष्ट पार्नुभयो । कार्यक्रमको सम्बोधन गर्दै जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले सुरक्षित रहन सबै नेपालीलाई अपिल गर्नुभयो ।

एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारीले कोरोनाको विपतलाई सबैले मिलेर सामना गर्नुपर्ने बताउनुभयो । एनआरएनए जापानका महासचिव जनक विक्रम शाहीले सहजीकरण गर्नुभएको कार्यक्रममा पत्रकारले आ(आफना जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुख्यमन्त्री थापामगरले मंगलबार विश्वासको मत लिने

बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर हद तोक्न पद्मा अर्यालको माग

सम्बन्धित

कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाए विश्वासको मत

मन्त्रिपरिषद् पुनर्गठन गर्दै लुम्बिनीका मुख्यमन्त्री आचार्यले थपे तीन मन्त्री

उदयपुरमा स्कुल बस र अटो ठोक्किँदा दुई महिलाको मृत्यु, तीन घाइते

विप्लवको ‘किल्ला’ रोल्पामै पहिरो : केन्द्रीय सदस्यसहित १३ नेता पार्टीबाट बाहिरिए

पहिरोको जोखिमबीच पोखराबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री बालेन

भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ : मन्त्री रावल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu