काठमाडौं, २९ जेठ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ८७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार ३७५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २ लाख ८७ हजार १५५ पुगेको हो ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार १०५ पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ४० हजार ९७९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्