काठमाडौं, ३१ जेठ । कोरोना भाइरस (कोभिड–१९) संक्रमित संख्याको आधारमा भारत विश्वको चौथो बढी प्रभावित मुलुक बनेको छ । वल्र्डमिटरको तथ्यांकअनुसार भारतले बेलायतलाई पछि पार्दै चौथो बढी प्रभावित मुलुक बनेको हो ।
भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख ९ हजार ६०३ पुगेको हो ।
एकै दिन अरू ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ८९० पुगेको छ । एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ५४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् ।
कोराना भाइरस ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्