ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीका रेलहरुमा आइसोलेसन वार्ड बनाइने


एबीसी न्यूज
१ असार २०७७, सोमबार   ४ : ५९   बजे


काठमाडौं, १ असार ।  दिल्ली राज्यका रेलहरुलाई कोरोना भाइरसको उपचार गर्ने आइसोलेसन वार्डका रुपमा परिणत गरिने भएको यहाँको सरकारले जनाएको छ । दिल्ली सरकारले यहाँको आनन्द विहार स्टेशनका रेलहरुका डिब्बामा आइसोलेसन वार्ड बनाउने बताएको हो । त्यस स्टेनसका रेलहरु सोमबारदेखि बन्द गरिएको छ ।

दिल्ली सरकारले यो कुराको जानकारी दिएको हो । दिल्ली राज्य सरकारका मुख्यमन्त्री अरबिन्द केजरिवालले सोमबारबाट उक्त क्षेत्रका रेलहरुलाई आइसोलेसन वार्डका रुपमा प्रयोग गरिने जानकारी दिनुभयो ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि भारतले रेल र रंगशालामा आइसोलेसन वार्ड बनाउन थालेको बताइएको छ । यसअघि पनि गत महिना नै भारतीय रेल्वे विभागले २० हजार रेल गाडीलाई मेडिकल सुविधामा परिणत गर्ने काम सुरु गरेको बताएको थियो ।

मुख्यमन्त्री केजरीवालले जवाहरलाल नेहरू रंगशालालाई क्वारेन्टाइन सेन्टर बनाउने बताउनुभएको थियो । रंगशालाहरुलाई पनि क्वारेन्टाइन र उपचार केन्द्र बनाएर विदेशबाट आउने नागरिकलाई त्यहाँ राख्ने निर्णय गरिएको जनाएको थियो ।

सोमबार दिइएको समाचारअनुसार भारतको केन्द्र सरकारले करिब ५०० रेलगाडी दिल्ली सरकारलाई दिने निर्णय भएकोले सो उपलब्ध गराउने जनाइएको छ । यसबाट दिल्लीका करिब ८ हजार विरामीलाई त्यहाँ राखेर उपचार गर्न सकिने छ ।

ती रेलका डिब्बाहरुमा आइसोलेसनका शैयाहरु बनाइएको छ र त्यहीँ अस्पतालको बेडमा जस्तै उपचारको सुविधा पनि रहने छ । जसका कारण यहाँ हजारौँ मानिसलाई राख्न सकिने छ । यो निर्णयसँगै त्यहाँ तीन लाख भन्दा बढी मानिसलाई क्वारेन्टाइनमा राख्न सकिने रेलवे विभागले एक विज्ञप्तिमा भनेको छ ।

एक अर्बभन्दा बढी जनसंख्या रहेको भारतमा विगत लामो समयदेखि जारी लकडाउन हाल केही खुकुलो भएको छ । भाइरसको फैलावट रोक्न भन्दै सरकारले भारत बन्द गर्ने निर्णय गरेको थियो । तर यहाँ कारोना भाइरस संक्रमण भने बढेको त्यहाँका अधिकारीले बताएका छन् । अहिलेसम्म भारतमा यो भाइरसका संक्रमितहरुको संख्या तीन लाख नाघिसकेको छ ।

त्यस्तै यो महामारीबाट ९ हजार जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय राज्यहरूले भाइरसको सम्भावित प्रकोपसँग जुध्न रेल सेवालाई पनि अस्थायी अस्पताल बनाउन सुरु गरेका छन् । भारतमा कोरोना भाइरसबाट हुने श्वासप्रश्वाससम्बन्धी गम्भीर समस्याको उपचारका लागि आवश्यक भेन्टिलेटर, चिकित्सक तथा आवश्यक औषधि–उपकरणको अभाव भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

इरानको घोषणा: ‘अब अमेरिकासँग कुनै सम्झौता बाँकी रहेन’

ट्रम्पले फिर्ता लिए स्ट्रेट अफ होर्मुज हुँदै यात्रा गर्ने जहाजमा २० प्रतिशत शुल्क लगाउने प्रस्ताव

अमेरिकी मध्यस्थतामा इजरायल–लेबनान वार्ता पुनः सुरु, दक्षिण लेबनानबाट इजरायली फौज फिर्ता गर्ने रूपरेखा खोजिँदै

चीनले विकासशील विश्वमा कसरी साथीहरू बनाइरहेको छ ?

साधारण मानिस हुनुको असह्य चिन्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu