ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाले ३ लाख यौनकर्मीको पेसा खोसियो


एबीसी न्यूज
२५ असार २०७७, बिहिबार   ७ : २२   बजे

काठमाडौं, २५ असार । कोरोना भाइरसको महामारीले थाइल्याण्डको रात्रिकालिन जीवन अस्तव्यस्त बनायो । यार्टी र बारहरु बन्द भए । खासगरी पेशाकै रुपमा यौन धन्धा अपनाएका यौनकर्मी युवतीहरुलाई यसले प्रत्यक्ष असर पारेको छ । तिनैमध्ये एक हुन् पिम, जो अचेल घरबेटीलाई कसरी भाडा तिर्ने भन्नेबारे चिन्तित छिन् ।

सुनसान सडकमा निस्किन पिमलाई डर लाग्छ, तर पनि पेट पाल्नु त छ । बैंककदेखि पतायासम्मका सबैजसो नाइट क्लब र मसाज पार्लहरु बन्द भएपछि पर्यटकको आगमन नै रोकिएको छ ।
जसले गर्दा ३ लाख जति यौनकर्मीहरुको पेशा खोसिएको छ । तै पनि कतिपय त सडकमै ग्राहक खोजदै भौँतारिन बाध्य देखिन्छन् ।

‘भाइरसदेखि डर लागिरहेको छ, तर मलाई ग्राहकको खाँचो छ, जसले गर्दा मलाई भाडा र खानाको खर्च जोहो गर्न सजिलो हुनेछ,’ ३२ वर्षीया यौनकर्मी पिम भन्छिन् । पिम तेस्रोलिंगी यौनकर्मी हुन् । जो यसै गरी डान्स बार र मसाज पार्लर बन्द भए पनि मध्य रातमा सुनसान सडकमा ग्राहकको खोजीमा भौँतारिँदै छिन् ।

शुक्रबारदेखि थाइल्याण्डमा राति १० बजेदेखि बिहान ४ बजेसम्मका लागि कर्फ्यू लगाइएको छ । बार तथा रेष्टुरेण्टहरु केही दिनअघिदेखि नै बन्द छन् । बैंककका बारहरुमा काम गर्ने यौनकर्मीहरु, जो ग्राहकको टिप्समा निर्भर हुन्थे र घरमै जान तयार हुन्थे, उनीहरुका लागि यो कर्फ्यूसँगै रोजीरोटी पनि खोसिएको छ ।

जब यस्ता बार तथा रेष्टुरेण्टहरु अचानक बन्द भए, उनीहरुको पेशा पनि संकटमा परेको हो । अन्ततः पिमजस्तै अन्य यौनकर्मीहरु पनि ग्राहक खोज्दै सडकमा जान बाध्य भएका हुन् । सरकारले भने कोरोना संक्रमण नियन्त्रणका लागि २४ घण्टे कर्फ्यू लगाउन तयार रहेको जनाएको छ ।

थाइल्याण्डमा २ हजार भन्दा धेरै संक्रमित हुनुका साथै २० जनाको मृत्यु भइसकेको छ । पिम राति यसरी भौँतारिए पनि १० दिनदेखि ग्राहक नै भेटिएका छैनन् । उनकी साथी एलिस पनि रात्रिकालीन कर्फ्यूसँगै सडकमा निस्किन बाध्य भइन् । ‘म कहिलेकाहीँ हप्तामै ३ सय देखि ६ सय डलरसम्म कमाउथेँ । तर जब व्यवसाय बन्द भयो, मेरो कमाइ पनि रोकियो । हामी विपन्न भएरै यस्तो काम गर्न बाध्य छौँ, यदी हामीले भाडा तिर्न सकेनौँ भने तिनिहरुले लात हान्नेछन्,’ एलिसले भनिन् ।

रातको समयमा काम गर्ने यौनकर्मीहरुको पेशा नै कठिन छ । लुटेराहरुको उत्तिकै डर हुन्छ । पहिलेदेखि नै जोखिममा रहेका यौनकर्मीहरुका लागि कोरोना भाइरसका कारण झनै जोखिम बढेको छ । एलिस भन्छिन्, ‘हामीलाई भाइरस भन्दा पनि भोकको डर छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मिस वेल्स २०२६ को निर्णायकमा पुनः पुनम गुरुङ

अनलाइन हुर्किँदाको मूल्य :बिल गेट्स

धुरन्धर २ ‘प्रचार फिल्म’ कि ‘एक्सन–थ्रिलर’रु—विकिपिडियामा चर्किएको विवाद के हो ?

जहाजको बाथरुममा, भ्यानभित्र, बाथटबमा — ५ किलोमिटर दौड्ने नयाँ पागल ट्रेन्ड

सामाजिक सञ्जालको लत : मेटा र युट्युबलाई अदालतले दोषी ठहार्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group