ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘बडाहाकिम तपाईंलाई चारैतिरबाट मुक्तिसेनाले घेरिसकेको छ, आत्मसमर्पण गर्नुस्’


एबीसी न्यूज
६ श्रावण २०७७, मंगलबार   २ : ४६   बजे

विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान लडाइँ चलिरहेकै थियो । सारा विराटनगर काँग्रेसको कब्जामा छ । सरकारी फौज खाली बडाहाकिम उत्तम शमशेर राणाको निवासमा मोर्चाबन्दी कसेर पसेको छ । बम बनाएर त्यसलाई उडाउने र शक्तिशाली मोर्टार प्रहार गरेर ध्वस्त बनाउने उपाय नाकाम भएपछि एउटा ट्याक्टरलाई स्थानीय मेकानिक्सले ट्याङ बनाए र बडाहाकिम निवासको पर्खाल भत्काएर आक्रमण गर्ने तयारी भयो ।

बीपी आफैले माइकिङ सुरु गरे, “बडाहाकिम तपाईंलाई चारैतिरबाट मुक्तिसेनाले घेरिसकेको छ । आत्मसमर्पण गर्नुस् । गर्नुभएन भने मुक्तिसेना जुनसुकै बेला घरभित्रै प्रवेश गर्न सक्छ । त्यसबाट उत्पन्न हुने क्षतिको जिम्मेवार नेपाली काङ्ग्रेस हुनेछैन ।” क्षणभरको माइकिङपछि घरभित्रबाट सेतो झण्डा देखियो, अर्थात् आत्मसमर्पण ।

बडाहाकिमले आत्मसमर्पण गरे भनेपछि मुक्तिसेनाका कमान्डर याक्थुम्बा नेतृत्वको टोली दौडिएर भित्र जाँदै थियो । बडाहाकिमका एक जना छोरा, केही पैसा लिएर सहयोगीका साथ उत्तरपट्टि भाग्दै थिए । मुक्तिसेनाको गोलीबाट ती मारिए । उनका अर्का छोरा पनि घाइते भएर भर्याङमुनि लडेका थिए । उनलाई टेक्दै जवानहरू माथिल्लो तलामा उक्लिन थाले । विराटनगर मोर्चामा पोलिटिकल कमिसनारको हैसियतमा खटिएका गिरिजाले लेखकसँग भनेका छन्, “बडाहाकिमले आत्मसमर्पण गर्यो भनेर उसलाई गिरफ्तार गर्न म पनि दौडिएर निवासभित्र जाँदै थिएँ । उताबाट गोली आयो, हुत्तिएर म धकेलिएँ । बालबाल बचें ।

अलिकति मात्र ढिलो गरेको भए, त्यहीँ मारिन्थेँ होला ।” कमान्डर याक्थुम्बासँगै दौडिएर बडाहाकिमको घरभित्रै पुगेका श्याम तामाङ लेख्छन्, “त्यहाँ मसानघाट जस्तै सुनसान थियो । कसैले सास फेरेकोसम्म पनि सुनिँदैनथ्यो ।” बीपीले भनेका छन्, “म दौडिँदै पुगेँ । हाम्रा मानिस एकदम भयानक किसिमले दौडिँदै त्यहाँ पुगेका थिए । क्रोधमा थिए, के गर्लान्, के गर्लान् भन्ने लाग्यो । सेतो झण्डा देखाएपछि त तिनीहरूलाई हामीले संरक्षण दिनुपर्ने ।”

मुक्तिसेनाले विराटनगर कब्जा गरेपछि उद्धारका लागि सरकारले काठमाडौंबाट जनरल एकराज शमशेरको नेतृत्वमा फौज पठाएको थियो । तर यातायातको सुविधा नभएको त्यो समयमा नेपालको एक भागबाट अर्को भाग पुग्नसमेत भारत हुँदै यात्रा गर्नुपथ्र्यो । भारतले सशस्त्र फौजलाई आफ्नो रेल प्रयोग गर्ने अनुमति दिएन । राणाफौज पैदलै विराटनगर पुग्न सहज थिएन ।

जाडोको समय थियो । बीपी हतारहतार घरको माथिल्लो तलामा उक्लिए । त्यहाँ देख्छन्, “बडाहाकिमकी श्रीमती र तीन चार छोरीहरू चोकमा डरले थर्थर काँपेर बसिरहेका छन् । त्यो साँझ जस्तो सङ्कट उनीहरूलाई जीवनमा कहिल्यै आइलागेको थिएन ।” याक्थुम्बा चाहिँ रिसले आगो हुँदै नकाटी छाड्दिन भनिरहेका थिए । उनी बडाहाकिमलाई भन्दै थिए, “तीन सेकेन्डभित्र तल बैठकमा नआए म स्वयम् माथि आइपुग्नेछु ।” केहीबेरमै सेतो कमिजसुरूवाल लगाएका बडाहाकिम दयाको भीख माग्दै बैठक कक्षमा पुगे । काँधमा कारबाइन राइफल र हातमा नाङ्गो खुकुरी समाएका याक्थुम्बा बडाहाकिमका लागि काल बनेर पुगेका थिए । रिसको आवेगमा उनले बडाहाकिमलाई मारिहाल्छन् कि भनेर बीपी भयानकसँग रिसाए ।

आत्मसमर्पण गरेको मानिसलाई काट्ने रु बीपीले बडाहाकिमकी श्रीमती र छोरीहरूलाई आश्वासन दिए, “तपाईंहरू नडराउनुस् । म तपाईंहरूमाथि केही हुन दिन्नँ ।” याक्थुम्बा यति आवेगमा थिए कि हातको नाङ्गो खुकुरी देखाएर भनिरहेका थिए, “नकाटी छोड्दिनँ ।” बीपीले याक्थुम्बालाई घचेटेर अलि पछाडि पुर्याए । बीपीले भनेका छन्, “त्यसले रिसमा जोसिएर त्यहाँको एउटा खम्बामा हानेको खुकरी त्यहाँ अड्कियो र थरर्र हल्लिन थाल्यो । त्यति क्रोधमा आएको थियो याक्थुम्बा ।”

मुक्तिसेनाले विराटनगर कब्जा गरेपछि उद्धारका लागि सरकारले काठमाडौंबाट जनरल एकराज शमशेरको नेतृत्वमा फौज पठाएको थियो । तर यातायातको सुविधा नभएको त्यो समयमा नेपालको एक भागबाट अर्को भाग पुग्नसमेत भारत हुँदै यात्रा गर्नुपथ्र्यो । भारतले सशस्त्र फौजलाई आफ्नो रेल प्रयोग गर्ने अनुमति दिएन ।

राणाफौज पैदलै विराटनगर पुग्न सहज थिएन । सरकारी फौज पुग्यो भने मुकाबिला गर्न सकिँदैन भनेर मुक्तिसेनाले कोसी तर्न नदिने रणनीति बनायो । कोसी किनारको एउटा टापुमा मुक्तिसेनाको टुकडी राखिएको थियो । राणाफौज कोसी तर्न नसकोस् भन्नका लागि सप्तरीका सबै नाउ मोरङतर्फ ल्याइएका थिए । केही नाउ भने क्रान्तिकारीले नदीमा बगाइदिए । राणाफौजको चियो गरी विराटनगरमा तत्काल खबर गर्ने काममा भारतीय समाजवादी कार्यकर्ता डा। कुलदीप झा खटिएका थिए । एक जना सहयोगी र साइकल उनलाई दिइएको थियो ।

सिङ्गो कोइराला परिवार क्रान्तिमा होमिएको थियो । सुप्रिम कमान्डर मातृकाले कान्छा भाइ गिरिजालाई कोसी मोर्चामै खटाएका थिए । उनले गिरिजालाई भनेका थिए, “क्रान्तिमा जनताले दुःख नपाऊन्, हाम्रो सेनाले जथाभावी नगरोस् भनेर हेर्ने जिम्मेवारी तिम्रो हो । कुनै निर्णय लिनुपर्दा सैन्य कमान्डर याक्थुम्बासँग सल्लाह लिएर काम गर्नू ।” गिरिजाले लेखकसँग भनेका छन्, “कोसी किनारामा गाई चराउने मानिसहरूले खबर गरे । राणाको सेना नदी पार गर्न खोज्दै छ ।” चिसोे याम भएकाले मुक्तिसेनाका सिपाहीहरू आगो तापेर गाउँमा बसिरहेका थिए । गिरिजाले याक्थुम्बालाई भने, “उनीहरू आए भने त रोक्नुपर्यो नि १ उनले भरूवा बन्दुक दिएर पठाएछन् केही सिपाहीहरू । मैले भनेँ, “ए यस्तो बन्दुकले कसरी लड्न सक्छन् उनीहरू रु उनले भने– यिनीहरू अनुभवी छन्, सक्छन् ।”

मुक्तिसेनाका बाँकी जवानहरू आगो तापेर बसे । आगो बलेको देखेर राणाफौज त्यतै आउन थाल्यो । मुक्तिसेनाका जवानहरूले फायर खोलिहाले । कसैको तिघ्रामा लाग्यो । कसैलाई कता लाग्यो । कोही भागे । कोही रगतले लतपत भए । यस्तै त रहेछ भनेर उनीहरू ढुक्क भए । राणाफौज इनरूवातिर लाग्यो ।

गिरिजा र याक्थुम्बाले दुई कुनामा बसेर मुक्तिसेनाको परिचालन गर्ने सल्लाह गरे । मुक्तिसेनालाई आदेश नहुँदासम्म फायर नखोल्नू भनिएको थियो । उता, राणाफौजको चियो गर्न बसेका कुलदीप झा एकदमै ठूलो आँधी आए जस्तो गरी धूलो उडेको देखेपछि आत्तिए । राणाफौज एकदमै नजिक आइसक्यो भन्ने लाग्यो उनलाई । खबर गर्ने समय नै भएन । कुलदीपले आफूसँग भएको राइफलबाट फायर खोलिदिए । संयोगवश घोडामा सवार पल्टनको क्याप्टेनलाई नै गोली लाग्यो । दोहोरो गोली हानाहान भइहाल्यो । कुलदीप मारिए । उनको एक फायरले राणाको पूरा पल्टनमा भागाभाग चल्यो । बीपीले भनेका छन्, “भीमनगरतिरबाट उनीहरू भारतीय इलाकातर्फ भागे । उनीहरूले राइफल छोडिदिए । उनीहरूबाट हाम्रा सेनाले नौ ओटा स्टेनगन र धेरै राइफल लुटे ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group