ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कविता


एबीसी न्यूज
५ आश्विन २०७७, सोमबार   १२ : ०५   बजे
उदय निरौला
उदय निरौला

यो देशमा
मैदानहरू खालि छन्
पार्क बनेको छैन
नत बनेको छ कुनै खेलको कोर्ट
खालि मैदानमा देखाइरहन्छन्
जोकरहरू सर्कस।

सर्कस हेर्नू र दिन कटाउनु
जोकरहरूको बेढँगको खेल हेर्नू
बेफ्वाँकका गफहरू सुन्नु
चुरोट बुङ्बुङ् उडाउनु
चिया पिउनु
र समय टेक्नु
हरेक नागरिकको
कर्तव्य बनेको छ
खालि मैदानमा।

जोकरहरू बाघ खोरमा थुन्छन्
र हुँकार गर्छन्
हाती चड्छन्
र राजा बनेको गर्भ देखाउँदै नाटक गर्छन्
घरी खाडलमा बाइक कुदाँउछन्
घरी कार दौडाँउछन्
मानौ मैदान उनीहरूको पेवा हो
हुनपनि मैदान एकलौटी उनकै भएको छ
दर्शकहरू उनीहरू हुँइकिएको
र सुँइकिएकोमा तालि बजाँउछन्।

जोकरहरूले दर्शकलाई मानौ
हिप्नोटाइज गरेको छ
जोकरलाई पैसा पनि दिन्छन्
र मैदान पनि छाडिदिन्छन्
जोकरहरू मस्तिले राज गर्छन्
याँहा सदैव मैदानहरू खालिरहन्छन्
र जोकरहरू आरामले सर्कस देखाइरहन्छन्।

उदय निरौला भक्तपुर
 (पुर्व मधुपर्क सम्पादक )कवि

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu