ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गायिका शितल शर्माद्वारा ढोरपाटनका बाढीपीडितलाई नगद सहित राहत सामाग्री वितरण


एबीसी न्यूज
१९ आश्विन २०७७, सोमबार   ३ : ३४   बजे

काठमाडौं, १९ असोज । गायिका एवं कलाकार शितल शर्माले बाग्लुङको ढोरपाटनका बाढीपीडितलाई पाँच लाख बराबरको राहत सामाग्री सहयोग गरेकी छिन् ।

बाढी, पहिरोले आफन्त गुमाएका, घरबारविहीन भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५, ७, ८ र ९ बोबाङका पीडित परिवारलाई गायिका शर्माले नगद, लत्ता कपडा, खाद्यान्न र जस्तापाता लगायतका राहत सामाग्री सहयोग गरेकी हुन् । पीडित परिवार समक्ष पुगेर उनले राहतका सामाग्रीहरु हस्तान्तरण गरेकी छिन् ।

‘बाढीले धेरै क्षति पु-याएको छ, धेरै जनता सडकमा बस्न बाध्य भएका छन् ।,’ गायिका शर्माले राहत वितरण कार्यक्रममा भनिन् ‘उहाँहरुको यो दुःखमा थोरै भए पनि राहत पुगोस् भन्ने अभिप्रायले देश विदेशबाट आर्थिक संकलन गरेर राहत बाँड्न आएको हुँ ।’ ‘देश विदेशबाट सहयोग गर्नुहुने सबै दाजुभाई दिदी बहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ उनले भनिन् ।

गत भदौ १७ गते बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ स्थित भुजी खोलामा आएको बाढीले कयौं व्यक्तिहरुका घरबार बगाएको थियो भने बाढीका कारण २२ जना व्यक्तिहरुको मृत्यु भएको थियो । उक्त बाढीका कारण अझै १४ जना व्यक्तिहरु बेपत्ता छन् । बाढीले १३१ घरमा क्षति पु-याएको ढोरपाटन नगरपालिकाले जनाएको छ । जसका कारण ८० घर पूर्ण रुपमा ध्वस्त भएका थिए भने ५१ घरमा आंशिक क्षति भएको थियो ।

गायिका एवं कलाकार शर्माले ढोरपाटनमा आएको बाढी पहिरोले जनधनमा क्षति पु-याएपछि विभिन्न संघ संस्था, स्वदेश तथा विदेशमा रहनुभएका नेपाली नागरिकहरुबाट आर्थिक संकलन गरेकी थिईन् ।

यसैबीच नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङले पनि ढोरपाटन नगरपालिका वडा नं ५, ७, ८ र ९ बोबाङका बाढीपहिरो पीडित परिवारलाई नगद, खाद्यान्न, लत्ताकपडा र जस्तापातासहित राहत सामाग्री वितरण गरेको छ । पहिरोमा परेर बेपत्ता तथा मृत्यु भएका ३६ जनाका आफन्तलाई प्रति परिवार सात हजार रुपैयाँका दरले नगद प्रदान गरेको नेपाली कांग्रेस क्षेत्र नं २ बागलुङका क्षेत्रीय सभापति दोर्ण कुँवरले बताए ।
तीन जना घाइतेलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरिएको छ । बाढी, पहिरोमा परेर घरबिहीन भएका ७९ घर परिवारलाई घर बनाउन प्रति परिवार दुई दुई बण्डल जस्ता पाता, ३०-३० किलो चामल, पाँच-पाँच किलो चिउरा, एक-एक बक्स चाउचाउ, बिस्कुट, नून, आटा, तेल, चिनीलगायतका खाद्य सामग्री वितरण गरिएको छ । त्यसैगरी, पहिरोले बगाएर क्षति पुगेका विद्यालय र स्वास्थ्य संस्थालाई जस्तापाता वितरण गरिएको कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

एल्गोरिदमको लतबाट मुक्ति पाउने मेरो ‘लो-फाई’ उपाय

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

इन्स्टाग्राममा बाल यौन दुर्व्यवहार सामग्रीको विज्ञापन! बीबीसीको अनुसन्धानपछि मेटामाथि गम्भीर प्रश्न

प्रधानमन्त्रीको धार्मिक झुकावपछि सेनापतिको अध्यात्म मोह चर्चामा, परम्परा कि नयाँ संकेत ?

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu