काठमाडौं, १ कात्तिक । युवा गीतकार विश्व गौडेलको नया गीत ‘सुनरीमै’ सार्वजनिक भएको छ । लामो समयदेखि अष्ट्रेलियामा रहेका गौडेल गीत रचनामा पनि सक्रिय छन् ।
गौडेलले रचेको ‘सुनरीमै’ गीतमा प्रमोद खरेल र मेलिना राईको स्वर रहेको छ । गीतमा दीपक शर्माले संगीत र साहस शाक्यले एरेन्ज गरेका छन् । गीतको भिडियोमा टिकटकबाट चर्चामा आएका ट्वीनी गर्ल प्रिज्मा–प्रिन्सी खतिवडाका साथमा नाजिर हुसेनको अभिनय रहेको छ । भिडियोको निर्देशन जीवन रसाइलीले गरेका हुन् भने गम्भीर बिष्टको कोरियोग्राफी रहेको छ । यसैगरी नवराज उप्रेतीले खिचेको भिडियोको सम्पादन नवीन निरौलाले गरेका हुन् । हाल अस्ट्रेलिया लोकप्रिय नेपाली च्यानल ‘हेल्लो अस्ट्रेलिया टिभी’मा आबद्ध निर्देशक रसाइलीले अस्ट्रेलियामै रहेर नेपाली लगायत पन्जाबी, हिन्दी, भियतनामी र अंग्रेजी गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्