ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्जियाका ३ वटा काउन्टीमा भोलि विहानसम्मका लागि मतगणना स्थगित


एबीसी न्यूज
२१ कार्तिक २०७७, शुक्रबार   १० : ०१   बजे

काठमाडौँ, २१ कात्तिक ।  जर्जियाका कम्तीमा ३ वटा काउन्टीमा भोलि विहानसम्मका लागि मतगणना स्थगित गरिएको छ । अहिले राती भएका कारण अब बाँकी मत भोलि गणना गर्ने गरी ती काउन्टीहरुमा मतगणना स्थगित गरिएको हो ।

मत गणना स्थगित गरिएकाहरुमा कब काउन्टी र टेलर काउन्टी समेत छन् । त्यस्तै ग्वीनेट काउन्टीमा पनि मतगणना स्थगित गरिएको छ ।  कब काउन्टीमा ७ सय, टेलर काउन्टीमा ४५६ र ग्वीनेट काउन्टीमा ४८ सय मत गणना गर्न बाँकी छ । कब काउन्टी र ग्वीनेट काउन्टीमा अधिकतम मत बाइडेनका पक्षमा देखिएका छन् भने टेलर काउन्टीमा ट्रम्पका पक्षमा देखिएका छन् ।

जर्जियामा राष्ट्रपति चुनावको इतिहास ।

अहिलेसम्मको जर्जियाको मत परिणाम अनुशार ट्रम्प १७७५ मतले अगाडि छन् । बाइडेनको पक्षमा अत्याधिक मत रहेको क्लेटन काउन्टी र ट्रम्पको पक्षमा अत्याधिक मत रहेको फोर्सिथ काउन्टीमा मतगणना भइरहेको छ । क्लेटन काउन्टीमा ४३५५ र फोर्सिथ काउन्टीमा १५४५ मत गणना गर्न बाँकी छ ।

क्लेटन काउन्टीका सबै मत आजैराती गणना गरिने भएको छ ।  मध्यरातसम्म ती मत गणना भइसक्ने अनुमान गरिएको छ । मध्यरात सम्म हरेक आधा घण्टामा नतिजा प्रकाशित गरिने भएको छ ।

जर्जियामा झण्डै १४ हजार मतगणना गर्न बाँकी रहेको जनाइएको छ । १६ इलेक्टोरल मत रहेको जर्जियामा बाइडेनका पक्षमा २४ लाख ४५ हजार ५ सय ६८ मत आएको छ भने ट्रम्पका पक्षमा २४ लाख ४७ हजार ३ सय ४२ मत आएको छ । मतको अन्तर शुन्य दशमलव १ प्रतिशत भन्दा पनि कम रहेको छ । जर्जियामा सेनाका सदस्यहरुले हुलाकमार्फत पठाएका मतपत्रहरु भने शुक्रबार बेलुका ५ सम्म प्राप्त भएपछि गणना सुरु गरिनेछ । तर त्यस्ता मतपत्र कति छन् भन्नेबारे केही बताइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu