काठमाडौं, २२ कात्तिक । भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख नाघेको छ ।पछिल्लो २४ घण्टामा ४९ हजार ७३९ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८४ लाख ६० हजार ७७३ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ७८ लाख १८ हजार ४३४ जना संक्रमणमुक्त भएका छन् । यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ५७६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार ६०५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्