ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०२१ जनवरी २० सम्म ट्रम्प नै राष्ट्रपति, के गरे विगतका राष्ट्रपतिले यो अवधिमा ?


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   १० : ४४   बजे

काठमाडौ, २४ कात्तिक ।  अमेरिकाको संविधान अनुशार नवनिर्वाचित राष्ट्रपतिले जनवरी २० अगाडि सपथग्रहण र पदभार ग्रहण गर्न पाउँदैनन् । त्यतीबेलासम्म पुरानै राष्ट्रपति ह्वाइटहाउसमा रहन्छन् । जो बाइडेनले चुनाव जितेपनि डोनाल्ड ट्रम्प जनवरी २० सम्म अमेरिकाको राष्ट्रपति रहनेछन् ।

जनवरी २० सम्म राष्ट्रपतिको शक्तिमा कुनै कटौती हुँदैन । त्यसैले उनले राष्ट्रपतिको हैसियतमा विगतमा जे जे गर्ने अधिकार पाएका थिए, त्यो अधिकार जनवरी २० सम्म पाउनेछन् । उनी जनवरी २० सम्म कमाण्डर इन चिफ र अमेरिकाको प्रमुख कार्यकारी रहनेछन् ।

राष्ट्रपति ट्रम्पले त्यो अवधिसम्म कार्यकारी आदेश जारी गर्नेदेखि विभिन्न खाले नियुक्ती गर्न पाउने अधिकारसम्म राख्छन् । यो अवधिमा ट्रम्पलाई खर्च विधेयक अगाडि बढाउनेदेखि संघीय अदालतहरुमा नियुक्ती गर्न पाउने सम्मको अधिकार रहेको छ । उनले यो अवधिमा विभिन्न व्यक्तिलाई क्षमादान दिनसक्ने जनाइएको छ ।

उनले आफ्ना परिवारका सदस्यहरुदेखि उनका साथमा काम गरेका अन्य व्यक्तिसम्मलाई क्षमादान दिनसक्छन् । उनले आफ्ना प्रमुख रणनीतिकार स्टीभ ब्याननदेखि व्यक्तिगत वकिल रुडी जुलियानीसम्मलाई क्षमादान दिनसक्ने अनुमान गरिएको छ । ट्रम्पले आफ्ना रेकर्डहरु नष्ट गर्ने, कैयन अधिकारीहरुलाई निस्काशन गर्ने र संघीय कर्मचारीतन्त्रलाई कमजोर पार्न प्रयास गर्ने कतिपय विज्ञहरुको अनुमान छ ।

यस्तो अवधिमा विगतका कैयन राष्ट्रपतिहरुले कैयन व्यक्तिलाई क्षमादान दिने गरेका छन् । यस्तो अवधिमा जर्ज बुस सिनियरले सोमालियामा राजनीतिक स्थीरताका लागि सेना परिचालन गर्ने निर्णय गरेका थिए । त्यस्तै उनले इराकमाथि हवाई हमला समेत गराएका थिए । उनले कैयनलाई क्षमादान समेत दिए ।

यो अवधिमा बाराक ओबामाले राष्ट्रसंघको हरित जलवायु फण्डमा ५ सय मिलियन डलर अनुदानमा हस्ताक्षर गरेका थिए । ओबामाले विभिन्न अपराधमा संलग्न वा संलग्न भएको आशंका रहेका २ सय बढीलाई क्षमादान दिएका थिए ।

बिल क्लीन्टनले आफ्ना भाई र एउटा राहत संकलन अभियानमा खटिएकी महिलाका पति लगायत १४० भन्दा धेरैलाई क्षमादान दिएका थिए । रिचर्ड निक्सनले राजिनामा दिएपछि राष्ट्रपति बनेका जेराल्ड फोर्डले निक्सनलाई ह्वाइटहाउसमा रहँदा गरेका सबै अपराधका लागि क्षमादान दिए ।

यस्तो क्षमादान अहिलेसम्म अपराधमा नमुछिएका व्यक्तिलाई समेत दिन सकिन्छ । क्षमादानपछि क्षमादानको अवधि अगाडिसम्मका अपराधका लागि उनीहरुलाई भविश्यमा समेत छुट प्राप्त हुन्छ । विगतका अपराधका कारण भविश्यमा सजाय भोग्न नपरोस् भनेर समेत क्षमादान दिइन्छ ।

क्षमादान दिन पाउने अमेरिकी राष्ट्रपति तजविज अधिकार हो । अधिकांश राष्ट्रपतिले अर्को व्यक्ति नयाँ राष्ट्रपति निर्वाचित भइसकेपछि आफू जनवरी २० सम्म ह्वाइटहाउसमा रहँदासम्म यो अधिकारको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group