ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व स्वास्थ्य संगठनका महानिर्देशकद्धारा बाइडेनलाई बधाई :सँगै काम गर्न इच्छुक रहेको भनाई


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   ८ : ००   बजे

काठमाडौं, २४ कात्तिक ।  विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।उहाँले आइतबार ट्वीट गरेर उहाँहरुलाई बधाई ज्ञापन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै उहाँले सो बधाईसँगै आफू पनि उहाँहरुसँग काम गर्न इच्छुक रहेको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा विजयी हुनुभएकोमा तपाईँहरुलाई बधाई छ, म पनि यहाँहरु र यहाँको टिमसँग मिलेर काम गर्न इच्छुक छु ।

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनबाट निस्किने निर्णय गरेको थियो । यसप्रति उक्त संगठनले पनि विगतमा दुःख व्यक्त गरेको हो । महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले सो ट्वीटमा अमेरिकाले विश्व स्वास्थ्य संगठनमा पुनः फर्किन आग्रह पनि गर्नुभएको छ ।

महानिर्देशक गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई विश्व स्वास्थ्य संगठनमा पुनः आउन पनि आग्रह गर्नुभएको छ ।आइतबार मात्र एक अमेरिकी दैनिक पत्रिकाले नवनियुक्त राष्ट्रपति जो बाइडेनले आफूले राष्ट्रपतिको सपथ लिएपछि विश्व स्वास्थ्य संगठनमा अमेरिका पुनः फर्किने बारेमा निर्णय गर्न सक्ने अनुमान गरेर समाचार लेखेको थियो ।

त्यस लगत्तै यता विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिदै सो प्रसंग उल्लेख गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

युद्धग्रस्त गाजामा पहिलो पटक काठको विद्यालय सञ्चालनः कक्षाकोठामा फर्किए बालबालिका

भारतको गुजरातमा अवैध पटाका कारखानामा विस्फोटः ५ जनाको मृत्यु, १० घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu