काठमाडौँ, १ मङ्सिर। भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ४३५ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३० हजार १०९ पुगेको छ ।
यस्तै भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३० हजारभन्दा बढी संक्रमित भएका छन् ।
थप ३० हजार ७१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख ४५ हजार ६१७ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ४७ हजार ९५० जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्