काठमाडौँ, १ मङ्सिर। अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले देशलाई विभाजित गर्ने निर्णयहरू उल्टाउनुपर्ने बताउनुभएको छ । पूर्वराष्ट्रपति ओबामाले गएको चार वर्षमा अमेरिकालाई विभाजित गर्ने सनकपूर्ण कामहरू भएको टिप्पणी गर्दै त्यसलाई उल्टाउनुपर्ने बताउनुभएको हो ।
चार वर्षअघि डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा चुनिनुभएको थियो । ओबामाले अबको अमेरिकी राष्ट्रपतिमा जो बाइडेनको जित सनकपूर्ण विभाजनहरूको मर्मत गर्ने सुरुवात भएको पनि बताउनुभएको छ ।
साथै उहाँले विभाजन गर्ने प्रवृत्तिहरू उल्टाउन एउटा जितले मात्रै नपुग्ने भन्दै आउँदो पुस्ताको परिष्कृत सोचका कारण विभाजनहरू पुरिँदै जाने विश्वास रहेको पनि बताउनुभयो ।
ओबामाले ग्रामीण र सहरी अमेरिकाबीचको आक्रोश, आप्रवासन, असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरूले विभाजन बढाएको भन्दै यी समस्याको सुझबुझपूर्ण समाधान चाहिएको बताउनुभयो ।
राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको पनि ओबामाले आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्