काठमाडौँ, ३ मंसिर । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ३८ हजारभन्दा बढी संक्रमित भएका छन् ।थप ३८ हजार ५३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८९ लाख १२ हजार ७०४ पुगेको छ ।
संक्रमितमध्ये अहिलेसम्म ८३ लाख ३३ हजार १३ जना संक्रमणमुक्त भएका छन् । यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ३१ हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा थप ४७२ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ३१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्