ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु : मृतकको संख्या १४ लाख नाघ्यो


एबीसी / संवाददाता
९ मंसिर २०७७, मंगलबार   ७ : २०   बजे

काठमाडौँ, ९ मंसिर । विश्वभर १४ लाखभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ८२४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या १४ लाख १ हजार ४१८ पुगेको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ८३३ जनाको मृत्यु भएको छ ।युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५५ हजारभन्दा बढीको मृत्यु भएको छ ।बेलायतमा पछिल्लो २४ घण्टामा २०६ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५५ हजार २३० पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५० हजार ४५३ जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ४९ हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ । संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्। संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९३ हजार १७८ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १ हजार २९८ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा १ लाख ५६ हजार ९१४ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वभरमै पनि सबैभन्दा धेरै हो । यस्तै मेक्सिकोमा १ लाख १ हजार ६७६ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै दोस्रो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ७९ हजार ८३६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६४४ जनाको मृत्यु भएको छ ।एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३४ हजार २५१ जनाको मृत्यु भएको छ । मृतक र संक्रमणका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै दोस्रो स्थानमा छ । यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख १७ हजार ९६० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ६९ हजार ५४१ जनाको मृत्यु भएको छ ।अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा २६७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २० हजार ९६८ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसिनियामा १ हजार ९ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष नाघ्दा विश्वभरका सक्रिय संक्रमितको संख्या १ करोड ६९ लाख पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८४ हजार ४०९ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ६० लाख ४८ हजार ३५१ पुगेको छ । यसमध्ये १ लाख ३ हजार ५८१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । कुल संक्रमितको संख्या ५ करोड ९४ लाख ८७ हजार ८२ पुगेको छ । त्यसमध्ये ४ करोड ११ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group