ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडेनले उच्च तहको गोप्य गुप्तचरी सूचना प्राप्त गर्दैै


एबीसी / संवाददाता
१० मंसिर २०७७, बुधबार   ९ : ००   बजे

काठमाडौं, १० मंसिर । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले विश्वको नेतृत्व गर्न अमेरिका फर्केर आएको बताउनुभएको छ ।

सत्ता सम्हाल्ने तयारीका लागि विभिन्न छ वटा महत्वपूर्ण पदमा मनोनयन घोषणा गर्दै बाइडेनले आफ्नो समूहले अमेरिका र अमेरिकी नागरिकलाई सुरक्षित राख्दै विश्वको नेतृत्व गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रियामा सहमति जनाएसँगै बाइडेनले उच्च तहको गोप्य गुप्तचरी सूचना नियमित रूपमा प्राप्त गर्नुहुने छ ।

ह्वाइट हाउसले ताजा अन्तर्राष्ट्रिय खतरा र विकासक्रम बारेका विस्तृत दस्तावेज र राष्ट्रपतिले पाउने दैनिक जानकारी पाउने जनाएको छ । बाइडेनले आफ्नो समूहले अमेरिकालाई सुरक्षित राख्न, विश्वव्यापी महामारी नियन्त्रण गर्न र जलवायु परिवर्तनलाई सम्बोधन गर्न आफ्नो अनुभव साझेदारसँग सहकार्यमा लगाउने बताउनुभयो ।

बाइडेनले डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा एभ्रिल हेन्सलाई मनोनयन गर्नुभएको छ । यदि अनुमोदन भएमा उहाँ डिरेक्टर अफ नेशनल्स इन्टेलिजेन्समा पहिलो महिला बन्नुहुने छ । यस्तै विदेशमन्त्रीको जिम्मेवारी टोनी ब्लिङ्केनलाई, होमल्यान्ड सिक्युरिटीमा अलेहान्द्रो मयोर्कस, अर्थमन्त्रीमा अर्थशास्त्री ज्यानेट येलेन मनोनयनमा परेका छन् ।

बाइडेनले जलवायु परिवर्तनको संकटसँग जुध्ने आफ्नो प्रमुख दूतका रूपमा पूर्व विदेशमन्त्री जोन केरीलाई मनोनित गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

देशका सबै प्रदेशमा आज पनि भारी वर्षा हुँदै, शतर्कता अपनाउन आग्रह

ध्रुवे हात्तीलाई डार्ट गरी नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

विश्वकपको फाइनलमा पुगेको अर्जेन्टिना फेरि विवादमा

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu