काठमाडौं,११ मंसिर । भारतमा १ लाख ३५ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५१८ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ३५ हजार २६१ पुगेको हो ।पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४४ हजारभन्दा बढी संक्रमित भएका छन् ।थप ४४ हजार ६९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९२ लाख ६६ हजार ६९७ पुगेको छ ।संक्रमितमध्ये अहिलेसम्म ८६ लाख ७७ हजार ९८६ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस्