ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने – राष्ट्रपति ट्रम्प


एबीसी / संवाददाता
१२ मंसिर २०७७, शुक्रबार   ३ : ५६   बजे

काठमाडौं, १२ मंसिर  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडेनको विजयी भएको आधिकारिक पुष्टि गरे आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले गएको ३ नोभेम्बरमा भएको मतदानमा आफ्नो हार स्वीकार गर्न मानेका थिएनन् र बिहीबार पत्रकारहरुसँग भने, ‘यो स्वीकार गर्न कठिन हुनेछ ।’

उनले एकपटक फेरि मतदानमा धाँधली भएको निराधार दाबीलाई दोहोर्याएका छन् । अमेरिकी राष्ट्रपतिको चुनाव गर्न अपनाइने पद्धतिअनुसार बाइडेनले अहिलेसम्म ३०६ र ट्रम्पले २३२ मत प्राप्त गरेका छन् । जितको लागि २७० मत आवश्यक हुन्छ । कुल मतको आधारमा पनि बाइडेन ६० लाख मतले अघि छन् ।

इलेक्टरल कलेज मतमा अन्तिम घोषणा गर्नको लागि आउँदो महिना बैठक हुनेछ । आउँदो १४ डिसेम्बरमा अमेरिकी इलेक्टरल कलेजले बाइडेनको जितको पुष्टि गर्नेछ ।

इलेक्टरलको पुष्टिपछि जो बाइडेनले २० जनवरीमा राष्ट्रपति पदको शपथ लिनेछन् ।

राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले चुनावलाई लिएर कैयौँ मुद्दा दर्ता गराएका छन् तर तीमध्ये धेरैजसो मुद्दा खारेज भइसकेको छ ।

यो हप्ताको सुरुवातमा ट्रम्पले अनिश्चितताको कैयौँ हप्तापछि अमेरिकाका निर्वाचित राष्ट्रपति जो बाइडेनको टिमलाई औपचारिक रुपमा सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्न अनुमति दिन सहमति जनाएका थिए ।

यसको अर्थ २० जनवरीमा शपथ ग्रहण गर्न गइरहेका बाइडेन अब शीर्षस्तरमा सुरक्षा अधिकारीहरुसँग जानकारी लिन सक्नेछन् र प्रमुख सरकारी अधिकारीहरु र लाखौँ डलरको कोषको मामिलामा पनि उनको पहुँच हुनेछ ।

बिहीबार ट्रम्पलाई ‘यदि १४ डिसेम्बरको इलेक्टरल कलेजको मतमा तपाईँले हार्नुभयो भने ह्वाइट छोड्न तयार हुनु हुनेछ ? ’ भनेर सोधिएको थियो । यसको जवाफमा उनले भने, ‘निश्चित रुपमा म गर्नेछु, निश्चित रुपमा म गर्नेछु र तपाईँलाई यो थाहा छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group