ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको चेतावनी : परमाणु वैज्ञानिक फखरीजादेह हत्याको बदला लिने


एबीसी / संवाददाता
१३ मंसिर २०७७, शनिबार   १२ : २८   बजे

काठमाडौं, १३ मंसिर । परमाणु वैज्ञानिक मोहसिन फखरीजादेहको हत्याको बदला लिने इरानले चेतावनी दिएको छ ।

इरानका विदेशमन्त्री मोहमद जवाद जरीफले घटनाप्रति निन्दा गर्दै यसमा इजरायलको हात रहेको आरोप लगाउनुभएको छ ।

एक महत्वपूर्ण व्यक्ति गुमाएको इरान शोकमा डुबेको भन्दै उहाँले घटनामा जो कोही संलग्न रहे पनि बदला लिने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।

इरानी सेनाले पनि फखरीजादेहको हत्या आधुनिक विज्ञानमा आँच पुर्याउने काम भएको प्रतिक्रिया दिएको छ ।

राजधानी तेहरान नजिकैको सहर अवसार्डमा इरानको शीर्ष परमाणु वैज्ञानिक फखरीजादेहको हत्या भएको थियो ।

घटनामा चार जना बन्दुकधारी पनि मारिएका छन् । तर इजरायलले अहिलेसम्म फखरीजादेह हत्या आरोपको कुनै खण्डन गरेको छैन ।

इरानको परमाणु हतियार कार्यक्रममा फखरीजादेह शीर्ष नेतृत्वकर्ता मानिनुहुन्छ । यसअघि सन् २०१० र सन् २०१२ मा इरानका चार परमाणु वैज्ञानिकको पनि हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu