ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मंगल ग्रहमा एलियनको अखडा, ट्रम्प पनि जानकार : उनीहरुको सम्पर्क अमेरिका र इजरायलसँग


एबीसी / संवाददाता
२७ मंसिर २०७७, शनिबार   ८ : ३७   बजे

काठमाडौँ, २७ मंसिर । इजरायलका अन्तरिक्ष सुरक्षा कार्यक्रमका पूर्वप्रमुख हैम इशेदले ब्रह्माण्डमा एलियनको अस्तित्व रहेको दाबी गरेका छन् । उनले एलियनको अस्तित्व रहेकोमात्र होइन, उनीहरुको सम्पर्क अमेरिका र इजरायलसँग रहेको दावी पनि गरेका छन् ।

गत शुक्रबार हिब्रु भाषाको एक इजरायली अखबारमा प्रकाशित अन्तरवार्तामा उनले यस्तो दावी गरेका हुन् । अङ्ग्रेजी भाषाको ‘येरुसेलम पोस्ट’मा मंगलबार उक्त अन्तरवार्ताको अनुवाद प्रकाशित भएपछि यसले ठुलो चर्चा पाएको हो ।

इशेदले यो तथ्यलाई तत्काल मानव समाजले स्वीकार गर्न नसक्ने भएकै कारण अहिलेसम्म गोप्य नै राखिएको बताएका छन् । करिब तीन दशकसम्म इजरायलको अन्तरिक्ष सुरक्षा कार्यक्रमलाई सम्हालेका उनले एलियनहरुले ‘गालेक्टिक फेडरेसन’ नै बनाएको र त्यसमार्फत अमेरिकासँग गोप्य सम्झौता भएको दाबी पनि गरेका छन् । सोही सम्झौताअन्तर्गत मंगल ग्रहमा एउटा अखडा सञ्चालन भएको र त्यहाँ अमेरिकी अन्तरिक्षयात्री पनि मौजुद रहेको उनको भनाइ छ ।

इशेदका अनुसार यो तथ्यसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई राम्रो जानकारी छ । ट्रम्पले एलियनको अस्तित्वबारे खुलासाको तयारी गरिरहेकै समयमा एलियनहरुले नै त्यसो नगर्न दबाब दिएको इशेदको भनाइ छ । उनका अनुसार एलियनले अन्तरिक्ष र अन्तरिक्षयानका बारेमा जानकारी विकसित नहुन्जेलसम्म सार्वजनिक नहुने निर्णय गरेका छन् ।

ट्रम्पको कार्यकालमा केही एलियन पृथ्वीमा आएको र ती एलियन र अमेरिकी सरकारबीच केही सम्झौतासमेत भएको इशेदको दाबी छ । स्मरणीय छ, सन् २०१८ मा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी अन्तरिक्ष कमाण्डका रुपमा सेनाको एउटा छुट्टै संरचना बनाउने घोषणा गरेका थिए ।

इशेदका अनुसार एलियनले अमेरिकी एजेन्टहरुसँग मिलेर ब्रह्माण्डको संरचना बुझ्न चाहेका छन् । मानिसहरुमा धेरै उन्माद नहोस् भनेर नै एलियनले यो रहस्यलाई अझै केही समय रहस्यकै रुपमा राख्न चाहेको उनको भनाइ छ । मानिसहरु यस्ता तथ्यको जानकारी पाउनु अघि मानसिक रुपमा स्वस्थ र समझदार बन्न जरुरी रहेको ‘गालेक्टिक फेडरेसन’ले भनाइ रहेको पनि उनले प्रस्ट पारे ।

अमेरिकी सरकार र एलियनबीच भएको सम्झौता अनुसार पृथ्वीमा एलियनले परीक्षण गर्न पाउनेछन् । उनीहरुले ब्रह्माण्डको संरचना लगायतका विषयमा अनुसन्धान गरिरहेको र त्यसमा आफूहरुको मद्दत चाहेको इजरायली विशेषज्ञको भनाइ छ ।

आफूले ठुलो हिम्मतका साथ यो तथ्यलाई खुलासा गरेको भए पनि यसलाई सत्यका रुपमा स्वीकार गरिन्छ भन्ने विश्वास आफूलाई नै नभएको उनले बताए । ‘पाँच वर्ष अघि मैले यो कुरा भनेको भए मलाई अस्पताल भर्ना गराइन्थ्यो होला,’ उनले भनेका छन् । आफूले केहीलाई यसबारे जानकारी दिएको र उनीहरुले प्रतिक्रियास्वरुप आफूलाई ‘मानसिक रोगी’ भनेको पनि उनले जनाए । अहिले आफूले यो जानकारी सार्वजनिक गर्नुमा शैक्षिक परिदृष्य विकसित हुँदै गएको र आफू एकेडेमिक क्षेत्रमा रहनु नै मुख्य कारण रहेको उनले प्रस्ट पारेका छन् ।

उनले अगाडि भने, ‘मसँग गुमाउन केही छैन, मैले डिग्री र अवार्डहरु पाएको छु, विश्वका विश्वविद्यालयहरुमा सम्मानित भएको छु ।’

उनले एलियनको बारेमा पुस्तकसमेत लेखेका छन्, जसमा एलियनले कसरी पृथ्वीमा परमाणु त्रासदीलाई रोक्न मद्दत गरे भन्ने उल्लेख छ । इशेद सन् २०११ मा सेवानिवृत्त हुँदा इजरायली मिडियाले उनलाई ‘इजरायलको अन्तरिक्ष कार्यक्रमका जनक’ भनेका थिए ।

अमेरिकी मिडिया एनबीसी न्यूजले इशेदका दावीबारे ह्वाइटहाउस र इजरायलका अधिकारीहरुसँग प्रतिक्रिया लिन खोज्दा उनीहरुबाट कुनै जवाफ नपाएको जनाएको छ । पेन्टागनका प्रवक्ता सू गफले पनि यसबारे कुनै टिप्पणी गर्न नचाहेको एनबीसी न्यूजले जनाएको छ ।

नासाको एक प्रवक्ताले भने ब्रह्माण्डमा अलौकिक जीवनको खोज प्रमुख लक्ष्य रहेको र अहिलेसम्म त्यस्तो संकेत प्राप्त नभएको प्रतिक्रिया जनाएको उक्त समाचार संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu