ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाबाट स्वाजिल्याण्डका प्रधानमन्त्रीको निधन


एबीसी / संवाददाता
२९ मंसिर २०७७, सोमबार   २ : ४२   बजे

काठमाडौं, , २९ मङ्सिर ।  स्वाजिल्याण्डका कोरोना भाइरसबाट संक्रमित प्रधानमन्त्री एम्ब्रोस डलामिनिको ५२ वर्षको उमेरमा निधन भएको छ । कोरोना संक्रमण पुष्टि भएको चार सातापछि दक्षिण अफ्रिकाको एक अस्पतालमा उनको निधन भएको हो । स्वाजिल्याण्डको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा मृत्युको कुनै कारण उल्लेख गरिएको छैन । तर, उनी दक्षिण अफ्रिकामा कोरोनाको उपचार गराइरहेका थिए । डलामिनि सन् २०१८ देखि स्वाजिल्याण्डको प्रधानमन्त्रीको रुपमा रहँदै आएका थिए ।

दक्षिणी अफ्रिकामा अवस्थित यो सानो भू–परिवेष्ठित मुलुक हो । यो मुलुकको जनसंख्या करिब १० लाख छ । अहिलेसम्म यो मुलुकमा कोरोनाका ६ हजार ७६८ कोरोना संक्रमित फेला परिसकेका छन् भने १२७ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । डलामिनिले नोभेम्बर १६ मा आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । उनले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र आफू पूर्णरुपमा स्वस्थ रहेको बताएका थिए । सरकारले उनलाई छिटो गतिमा निको पार्न भन्दै दक्षिण अफ्रिका पठाउने निर्णय गरेको थियो । तर, आइतबार सरकारले उनको निधन भएको बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

४ सय कन्टेनर र एक हजार कामदार सम्पर्कविहीन, केरुङ नाकाको बाढीले व्यवसायीलाई ठूलो धक्का

अन्तर्राष्ट्रिय उद्धार टोलीलाई किन अनुमति दिइएन ?

सम्बन्धित

नेपालका लागि बार्सिलोना र एथ्लेटिक क्लबको ऐक्यबद्धता, खेलअघि एक मिनेट मौनधारण

नर्वेका राजा हेराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

भारत र चीनसँग ४२ वटा बेलिब्रिज माग्दै सरकारको पत्राचार

चीनको चेतावनी : सीमा क्षेत्रमा बनेको ताल फुट्ने जोखिम, नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह

भारतले नेपालमा थप १२ टन राहत सामग्री पठाउने

नेपालमा बाढीपछि उद्धार तथा राहतका लागि सी चिनफिङको नेतृत्वमा चीनमा बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu