ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति निर्वाचनः जो बाइडनको जितले औपचारिकता पायो


एबीसी / संवाददाता
३० मंसिर २०७७, मंगलबार   ८ : ३८   बजे

एजेन्सी । अमेरिकी राष्ट्रपती पदमा निर्वाचित जो बाइडनको जितलाई औपचारिकता प्राप्त भएको छ । इलेक्टरल कलेजका सदस्यहरूले राष्ट्रपतीय चुनावमा जो बाइडनको जित भएको पुष्टि गरेका हुन । राष्ट्रपतिको जितलाई औपचारिकता दिने अन्तिम चरणहरु मध्येको यो एउटा चरण हो।

गत नोभेम्बरमा भएको चुनावमा डेमोक्र्याट उम्मेद्वार बाइडनले ३०६ इलेक्टरल कलेज मत ल्याएका थिए भने रिपब्लिकन उम्मेद्वार डोनल्ड ट्रम्पले २३२ मत ल्याएको विविसीले जनाएको छ ।
अमेरिकी प्रणाली अनुसार, मतदाताहरूले खासमा इलेक्टरलहरूलाई मत दिन्छन् । जसले चुनावपछि राष्ट्रपतिका उम्मेद्वारलाई औपचारिक रूपमा मत दिन्छन्।

यो प्रक्रिया भए पनि राष्ट्रपति ट्रम्पले मत परिणाम स्वीकार गर्ने विश्वास गरिएको छैन।
सामान्यतया इलेक्टरलहरूले खासै ध्यान आकृष्ट गर्दैनन् तर यो वर्ष ट्रम्पको निरन्तर मत परिणाम उल्ट्याउने प्रयासले गर्दा सबै राज्यका मतहरू निकै चर्चामा रहे।

ट्रम्पले कतिपय राज्यमा त मुद्दा पनि हाले । तर ती सबै मुद्दाहरु अदालतले अस्वीकार गरिदिएका छन ।

डेमोक्र्याटहरूको बलियो उपस्थिति रहेको क्यालिफोर्नियामा सोमवार मत दिने अन्तिम राज्य थियो । त्यहाँ ५५ इलेक्टरल मत छ। त्यहीँको मतले बाइडनलाई राष्ट्रपति जित्न आवश्यक पर्ने २७० को सीमा पार गराएको थियो।

मिचिगन र जर्जिया जस्ता केही राज्यहरूमा मतदानअघि सुरक्षा व्यवस्था कडा पारिएको थियो।
मतदान प्रक्रियाको परिणाम अब वासिङ्टन डिसी पठाइनेछ । त्यहाँ ६ जनवरीमा कङ्ग्रेसमा उपराष्ट्रपति माइक पेन्सको अध्यक्षतामा हुने संयुक्त सत्रमा औपचारिक रुपमा इलेक्टरल मतहरुको गणना गरिन्छ।

त्यसले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिन जो बाइडनलाई बाटो खोल्नेछ ।
इलेक्टरलहरूले मत दिएपछि जो बाइडनले राष्ट्रका नाममा सम्बोधन गर्ने योजना रहेको उनको सङ्क्रमणकालीन टोलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालमा अब भारू २०० र ५०० का नोट चल्ने

सरकारले दलहरूबारे घृणा फैलाउँदैछ, प्रतिवाद गर्छौं : केपी ओली

सम्बन्धित

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बिजुलीको कर हटाउँदै बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, आर्थिक सुधारदेखि आवाससम्मका महत्वाकांक्षी योजना

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu