काठमाडौँ, १८ पुस । भारतमा थप १७ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।३ महिनादेखि संक्रमण घटेको भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ८० जनामा संक्रमण भएको हो ।पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३ लाख ३ हजार ४०९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९९ लाख १ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।यस्तै त्यहाँ संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ४९ हजार नाघेको पुगेको छ ।पछिल्लो २४ घण्टामा थप १८७ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ४९ हजार २०५ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्