ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फ्रान्सले कोभिड–१९ नियन्त्रणका लागि १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको समय थप


एबीसी / संवाददाता
१८ पुस २०७७, शनिबार   ८ : १९   बजे

काठमाडौँ, १८ पुस ।  फ्रान्समा कोरोनाभाइरसको सङ्क्रमण दर बढ्दै गएपछि नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञाको घोषणा सरकारले आइतबार गरेको छ ।सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभाभित मुलुकको भुमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ ।

देशको राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन ।“फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,” सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भन्नुभयो ।

उहाँलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रशारित समाचारमा भनिएको छ, “यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।”फ्रान्समा कोभिड–१९ सङ्क्रमण भएकाको सङ्ख्या २६ लाख २० हजारभन्दा बढी पुगेको छ भने ६४ हजार ६३२ जनाको मृत्यु भएको छ । टीएफ–वनका अनुसार जर्मनी र फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिएपनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् । जर्मनीमा भने खोप लिइसकेकाको सङ्ख्या एक लाख ३० हजार पुगेको छ ।स्वास्थ्यमन्त्री अत्तलले फ्रान्सले खोप सेवालाई सुरूमा पाका व्यक्तिलाई केन्द्रित गरेको र सँगसँगै यसको जोखिमको प्रभावलाई समेत अध्ययन गरिरहेकोले सेवा केही ढिलो भएको बताउनुभयो । करिब ६ महिना चलाइने अभियानलाई केही दिनमा तुलना गरिहाल्न र यसबाट निष्कर्ष निकाल्नु गलत हुने उहाँको दावी थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

एचआईभी विरुद्धको अभियानलाई तिब्रता दिन संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान

हंगेरी शिखर सम्मेलनः भिसेग्राद समूहद्वारा क्षेत्रीय सहयोग र समन्वय सुदृढ गर्ने प्रतिवद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group