ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३८ पत्नी, ८९ छोराछोरी ठूलो परिवारका घरमुली जियोना चानाको निधन


एबीसी / संवाददाता
३१ जेष्ठ २०७८, सोमबार   १ : ०५   बजे

काठमाडौं, ३१ जेठ। भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ ।

७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् ।

सबैभन्दा जेठी पत्नीले चाहिँ घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् ।यो परिवारमा हरेक दिन ४५ किलो चामल, ३०/४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी खपत हुन्छ । साथै झण्डै २० किलो फलफूल पनि दिनहुँ सो परिवारले हजम गर्दछ ।उक्त क्षेत्रको राजनीतिमा पनि सो परिवारको ठूलो महत्व रहँदै आएको छ । एउटै परिवारमा यतिधेरै भोट भएका कारणले धेरै नेता तथा राजनीतिक दलहरु चुनावका बेला यो परिवारलाई निकै महत्व दिन्छन् । स्थानीय चुनावमा त यो परिवारको भोट नै कहिलेकाही निर्णायक हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सम्बन्धित

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group