ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाड एउटै : कतै ल्होछार, कतै ल्होसार


admin
१५ पुस २०७४, शनिबार   ६ : ५७   बजे

काठमाडौँ, १५ पुस । गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी आजदेखि नयाँ वर्गको स्वागत गरेर तमू ल्होछार÷ल्होसार मनाउँदै छ ।

तमु भाषामा ल्हो को अर्थ वर्ग र छारको अर्थ नयाँ भन्ने हुन्छ । त्यसैले तमू समुदायले ल्होछार भनेर मनाउने गर्दछ । तर, कतिपय स्थानमा ल्हो को अर्थ वर्ग र सारको अर्थ फेरिनु भएकाले ल्होसार भनेर पनि मनाउने गर्दछ । तर सारमा यो एउटै हो । नयाँ वर्गको स्वागत गर्ने र पुरानोको बिदाई गर्ने चाड हो । यसलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ । यो वर्ष चरा वर्गको विदाई र कुकुर वर्गको स्वागत गरी यो चाड मनाइँदैछ ।

काठमाडौंमा ल्होसार भनेर मनाउन थालेको छ । दुई वर्षअघिसम्म काठमाडौंको टुँडिखेलमा ल्होछार भनेर मनाउने गरिएको थियो । तर, पछिल्ला दुई वर्षमा ल्होसार भनेर मनाउँदै आएको छ । शाव्दिक सवालमा तमु समुदायमा विवाद रहँदै आएको छ ।

भाषिक रुपमा भेगीय रुपमा फरक फरक पर्ने भएकाले यस्तो हुन गएको विज्ञहरुले बताउने गरेका छन् । तथापि काठमाडौंमा भने ल्होछार र ल्होसारबीच विवाद सतहमा देखिएको छैन ।

काठमाडौंमा भने कुनै परामर्शविना नै ल्होसार भनेर मनाउन थालिएकाले असन्तुष्टि पोखिन थालेका छन् । संस्थागत रुपमा कुनै पनि निष्कर्षविना नै ल्होसार भनेर मनाउने गरेकाले भित्रभित्रै ल्होछार भनेर मान्यता राख्नेहरुले फरक रुपमा मनाउने तयारी समेत भएको बुझिएको छ । काठमाडौंमा शक्ति प्रदर्शनका रुपमा एकै ठाउँमा ल्होछार÷ल्होसार मनाउने गरिएकाले पनि यसलाई मिलाएर अघि बढ्नुपर्ने मत पनि उत्तिकै रहँदै आएको छ ।

पोखरामा भने यो दुई शब्दबीचमा विवाद हुँदा कतिपय वर्षहरुमा ल्होछार ल्होसार मनाउनेहरुले भिन्नभिन्नै समेत मनाएका छन । विगत केही वर्षयता भने ल्होछार÷ल्होसार भनेर संयुक्त रुपमा मनाउने गरेका छन् ।

तमू संस्कृति अनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो चाड मनाउने गरिन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतमा मात्र नभएर अहिले तमू बसोबास रहेको पूर्वी जिल्लाहरुमा समेत ल्होछार÷ल्होसार मनाउने गरिन्छ ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा ती समुदायले यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको संस्कृतिविदहरुको भनाइ छ ।

यस पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिने गरेकामा यसवर्ष शनिबार नै यो उत्सव परेको छ । यस अवसरमा आज टुँडिखेलमा ल्होसार मूल आयोजक समितिले विशेष कार्यक्रम गर्दैछ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत प्रमुख दलका नेताको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group