ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बन्न प्रचण्डलाई प्रस्ताव , पाँच वर्ष सरकार चलाउनुहोस् हामी सहयोग गर्छौ – ओली


sharan sharan
१५ पुस २०७४, शनिबार   ४ : २७   बजे

काठमाडौं,१५ पुस   ।  वाम ‛एकता भाँड्न र विथोल्न धेरै प्रयास भए, प्रचण्ड जीलाई त हामी सहयोग गर्छौं पाँच वर्ष सरकार चलाउनुहोस् भन्ने प्रस्ताव समेत आएछ ।′ मञ्चमा रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डतिर हेर्दै ओलीले भने , ‛उहाँलाई माया गरेर ५ वर्ष सरकार चलाउ भनेको हो त,? देश विकास गर्न भनेर यस्तो प्रस्ताव आएको हो त ? हैन, यो त विथोल्न खोजेको हो ।′?
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाम एकता हुन नदिन धेरै प्रयास भैरहेपनि त्यो सफल नहुने बताएका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमको पुस्तक विमोचन समारोहमा ओलीले पार्टी एकताको कुरालाई आमनागरिकले नै अनुमोदन गरेकाले यसमा तलमाथि नहुने प्रष्ट समेत बताए ।

केही दिनअघि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभएको थियो । देउवाको प्रस्तावलाई प्रचण्डले पनि अस्वीकार गर्दै आउनुभएको छ उनले भने ।
पुस्तक विमोचन कार्यक्रममा ओली भन्दा अगाडि बोलेका प्रचण्डले पनि एमाले र माओवादीबीच एकता हुन नदिन धेरै चलखेल भएको भन्दै यसलाई असफल पारेर आफूहरु अघि बढ्ने बताउनुभयो । दुई पार्टी एक हुने र अब बन्ने वामपन्थी सरकारले देशमा आर्थिक सम्बृद्धि ल्याउने दुवै नेताको दावी छ । ‛पार्टी एकतालाई विथोल्ने प्रयास अब सम्भव छैन, नागरिकले विश्वासका साथ सुम्पेको जिम्मेवारी पूरा गरेरै छाड्छौं′ ओलीले भने, ‛नयाँ सरकार गठनसँगै देश आर्थिक सम्वृद्धि र विकासको बाटोमा अघि बढ्छ, बढ्छ । कसैले रोक्न सक्दैन ।′

नयाँ सरकार बन्न नदिन कांग्रेसले संविधानको अपव्याख्या गरेर अड्काउन खोजेको ओलीको आरोप छ । कांग्रेसको नाम नलिइकन ओलीले भने, ‛नयाँ सरकार बन्न नदिन र रोक्न खोज्न प्रयास भैरहेको छ, जुन अलोकतान्त्रिक प्रयास हो ।′

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

प्रचण्ड–सिल्भा भेट : नेपाल–श्रीलंकाका वामपन्थी सम्बन्ध सुदृढ बनाउन सहकार्यमा जोड

रास्वपा महाधिवेशन : कोशी र गण्डकी भूगोलमा नयाँ नेतृत्व चयन, चर्चित नेताहरू पराजित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu