ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनकपुर–जयनगर रेल मार्गमा एक वर्ष पछि रेल कुद्ने


sharan sharan
१७ पुस २०७४, सोमबार   ९ : १६   बजे

काठमाडौं , १७ पुस । नेपालको रेल सेवा पुन छिमेकी मुलक भारत सगं जोडिने भएको छ । उक्त रेलमार्गको निर्माण सन् २०१४ देखि शुरु भएको हो । सोही कारण जनकपुर–जयनगर रेल सेवा तीन वर्षयता बन्द छ । छिटो भन्दा छिटो उक्त कामलाई सक्न जनकपुर–जयनगर ब्रोडगेज रेलमार्गमा लिक बिछ्याउन शुरु गरि सकेको छ । भारत सरकारले विस्तार र नयाँ निर्माण गरिरहेको यो रेलमार्गमा पटरी राखेर लिक बिछ्याउन थालिएको हो ।

भारतले रेलमार्गको पुरानो न्यारोगेजलाई हटाएर ब्रोडगेज निर्माणाधीन छ । उक्त मार्गमा क्रंक्रिटको पटरी राखेर लिक बिछ्याउने काम तीव्र गतिमा रहेको रेल विभागका महानिर्देशक अनन्त आचार्यले संचारकर्मीलाई जानकारी दिए ।

ब्रोडगेज विस्तारका लागि पुल र कल्भर्ट बनिसकेका छन् । स्टेसनहरुको निर्माण पनि लगभग सकिएको आचार्यले जानकारी दिए । सबै निर्माण अक्टोबर २०१८ सम्ममा सक्ने लक्ष्य छ । त्यसपछि बोगी र इन्जिन ल्याएर गुडाउन सकिने उनि बताउछन् ।

उक्त रेलमार्गको ३५ किलोमिटर लम्बाइको छ । भारतीय कम्पनीले कार्यालय भवन, भन्सार र कर्मचारीको आवासगृह समेत गरिसकेको   छ ।

कुर्ताबाट महोत्तरीको विजलपुरासम्म रेल गुडाउने विभागको योजना छ । र, त्यहाँबाट पूर्वपश्चिम राजमार्गको बर्दिवास खण्डमा जोड्ने गरी विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० तयार भइसकेको छ ।
उक्त मार्गमा रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने जानकारी गराइसकेको छ । अर्थ मन्त्रालयले भने लिक तयार भएपछि मात्र बजेट दिन सकिने बताएको छ । यस वर्ष रेल विभागले चार अर्ब रुपैयाँ मात्र पाएको छ । पूर्व–पश्चिम रेलमार्गका लागि काम गरिरहेको विभागलाई जनकपुर–जयनगरमा रेल गुडाउन यस वर्ष बजेट दिइएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भदौ २५–२७ मा एमाले केन्द्रीय कमिटी बैठक बोलाउने ओलीको निर्देशन

किरण थापा मगरले पाए विश्वासको मत, राप्रपाका ७ सांसदले गरे फ्लोर क्रस

सम्बन्धित

एनसेल र नेपाल मेडिसिटीबीच सहकार्य, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्शदेखि २० प्रतिशतसम्म छुट

२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको सम्भाव्यता अध्ययन सुरु

आकाशेपुल प्रयोग गर्न आग्रह गर्दा महिला प्रहरीमाथि हातपात, युवक पाँच दिन हिरासतमा

३१ वर्षदेखि एउटै अध्यक्ष, २१ वर्षदेखि अधिवेशन छैन; साधारणसभा गराइदिन ठेकेदार पुगे सीडीओकहाँ

बागमतीमा नयाँ सत्ता समीकरण: एमाले–नेकपा–राप्रपाबीच सातबुँदे समझदारी, ७ सदस्यीय संयन्त्र गठन

बुधबार मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu